Health TV Online
Health TV Online

गर्भनिरोधक चक्की प्रयाेग गर्नुहुन्छ?, एकपटक साेच्नुहाेस्

गर्भनिरोधक चक्की प्रयाेग गर्नुहुन्छ?, एकपटक साेच्नुहाेस्

अनिच्छुक गर्भधारणबाट जोगिनका लागि बजारमा धेरै किसिमका गर्भ निरोधक चक्कीहरू पाइन्छन्। नचाहेको गर्भ रहनबाट जोगिन यी चक्कीहरू महिलाहरूका लागि सबैभन्दा सजिलो र भरपर्दो माध्यम पनि मानिन्छन्।

बेलायतमा गरिएको एक अध्ययनले गर्भ निरोधक चक्कीको अधिक प्रयोगले महिलाको स्वास्थ्यमा असर गर्ने देखाएको छ। बेलायतस्थित लिभरपुल युनिभर्सिटीको अनुसन्धान टोलीले हालै गरेको एक अध्ययनअनुसार अधिक गर्भ निरोधक चक्की सेवन गर्ने महिलाहरूको रोग प्रतिरोधी क्षमता घट्नुका साथै शरीरमा रोगसँग लड्नका लागि रोग प्रतिरोधी तत्त्व घट्दै जाने देखाएको छ।

यसबाट महिलाहरूलाई अन्य रोगसमेतले प्रभाव पार्न सक्छन्। १०० महिलामा गरिएको अनुसन्धानबाट महिलाहरूले नियमित गर्भ निरोधक चक्कीहरूको सेवन गर्दा गर्भपतनको समेत खतरा हुने देखाएको छ। अझ यस्ता गर्भ निरोधक चक्कीहरूको सेवनले भविष्यमा गर्भ नै नबस्ने खतरासमेत बढेर जाने अनुसन्धानले देखाएको छ।

गर्भ निरोधक चक्कीहरू प्रयोग गर्ने महिलामा तत्कालीन रूपमा शरीरमा विभिन्न खालका हर्मोनहरूको गडबडी हुने, स्तन सुन्निने वा कडापन आउने, महिनावारीको बेला धेरै रगत जाने, मोटोपन बढ्ने, योनिमा संक्रमण हुने, आँखाको ज्योतिमा परिवर्तन हुने तथा यौन इच्छामा कमी आउने अनुसन्धानले देखाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।