गर्भनिरोधक चक्की प्रयाेग गर्नुहुन्छ?, एकपटक साेच्नुहाेस्
अनिच्छुक गर्भधारणबाट जोगिनका लागि बजारमा धेरै किसिमका गर्भ निरोधक चक्कीहरू पाइन्छन्। नचाहेको गर्भ रहनबाट जोगिन यी चक्कीहरू महिलाहरूका लागि सबैभन्दा सजिलो र भरपर्दो माध्यम पनि मानिन्छन्।
बेलायतमा गरिएको एक अध्ययनले गर्भ निरोधक चक्कीको अधिक प्रयोगले महिलाको स्वास्थ्यमा असर गर्ने देखाएको छ। बेलायतस्थित लिभरपुल युनिभर्सिटीको अनुसन्धान टोलीले हालै गरेको एक अध्ययनअनुसार अधिक गर्भ निरोधक चक्की सेवन गर्ने महिलाहरूको रोग प्रतिरोधी क्षमता घट्नुका साथै शरीरमा रोगसँग लड्नका लागि रोग प्रतिरोधी तत्त्व घट्दै जाने देखाएको छ।
यसबाट महिलाहरूलाई अन्य रोगसमेतले प्रभाव पार्न सक्छन्। १०० महिलामा गरिएको अनुसन्धानबाट महिलाहरूले नियमित गर्भ निरोधक चक्कीहरूको सेवन गर्दा गर्भपतनको समेत खतरा हुने देखाएको छ। अझ यस्ता गर्भ निरोधक चक्कीहरूको सेवनले भविष्यमा गर्भ नै नबस्ने खतरासमेत बढेर जाने अनुसन्धानले देखाएको छ।
गर्भ निरोधक चक्कीहरू प्रयोग गर्ने महिलामा तत्कालीन रूपमा शरीरमा विभिन्न खालका हर्मोनहरूको गडबडी हुने, स्तन सुन्निने वा कडापन आउने, महिनावारीको बेला धेरै रगत जाने, मोटोपन बढ्ने, योनिमा संक्रमण हुने, आँखाको ज्योतिमा परिवर्तन हुने तथा यौन इच्छामा कमी आउने अनुसन्धानले देखाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’