सही मालिसले शिशुलाई पुग्छ यस्तो फाइदा
विश्वका सबै समुदायमा आफ्नो नवजात शिशुलाई मालिस गर्ने चलन छ। तर मालिस गर्ने तरिका सही छ वा छैन भन्ने कुराको ख्याल सायद थोरैले गर्छन् वा ख्याल गर्ने चलन नै छैन।
एक अध्ययनका अनुसार साना शिशुको शरीरमा कोमल रूपमा मालिस गर्दा उनीहरूको मस्तिष्कमा हुने दर्दपूर्ण क्रियाकलापलाई घटाएर आराम पुर्याउँछ।
यो अध्ययन युनिभर्सिटी अफ अक्सफोर्ड र लिभर्पुल जन मोरेस युनिभर्सिटीद्वारा ३२ शिशुको रगत परीक्षण गर्ने क्रममा गरिएको थियो।
आधा शिशुलाई हातभन्दा अगाडि कोमल ब्रसले मालिस गर्दा मस्तिष्कमा हुने दर्दपूर्ण क्रियाकलाप ४० प्रतिशतले कम भएको थियो।
अध्ययनकी प्रमुख रेबेका स्ल्याटर भन्छिन, ‘यो कार्यमा दर्दनाशक क्षमता छ र यसको कुनै नकारात्मक असर पनि हुँदैन।’
धेरैजसो आमाबुबाले बच्चाहरूलाई मालिस गर्दा धेरै ‘स्पिड’मा गर्ने गरेको पनि पाइन्छ। अध्ययनको अनुसार मालिस गर्ने स्पिड ३ सेन्टिमिटर प्रतिसेकेण्ड हुनुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण