जाडाेमा धेरै कफी पिउनु हानिकारक
कफी धेरैलाई मन पर्ने पेय पदार्थ हो। अझ चिसो मौसममा त कफी अत्यावश्यक मानिन्छ। कतिले बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म धेरै पटक कफी पिउने गर्छन्।
ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको अध्ययनले देखाएअनुसार एक दिनमा चार कपभन्दा बढी कफी पिउनु स्वास्थ्यका हिसाबले घातक हुन्छ। अध्ययनअनुसार कफीमा कफिनको मात्रा धेरै हुन्छ।
धेरै कफी पिउनाले निन्द्रा नलाग्ने, मानसिक तथा शारीरिक समस्या पनि बढाउने, डर पैदा गर्ने तथा मुटुको धड्कन रोक्ने सम्भावनासमेत बढाउँछ।
गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन। कफीको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ।
नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मिँदै शारीरिक तथा मानसिक विकलांग पनि हुन सक्ने सम्भावना पनि धेरै हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण