Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वस्थ अाहार : कसरी खाने?, कति खाने?

स्वस्थ अाहार : कसरी खाने?, कति खाने?

शरीरलाई फाइदा गर्ने र रोग लाग्नबाट बचाउने खानालाई स्वस्थ आहार भनिन्छ। वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुरालाई स्वस्थ आहार मानिन्छ। जस्तैः हरियो सागसब्जी, फलफूल र रेसादार खानेकुराहरु। यस्ता खानेकुरालाई जति प्राकृतिक रूपमा खान सकिन्छ, त्यति नै लाभकारी हुन्छ।

नुन, चिनी र चिल्लो हालेर पकाइएको सागसब्जी वा फलफूल फइदाकारक नहुन सक्छ। प्राकृतिक खानेकुराहरूलाई सकेसम्म ताजा अवस्थामै वा फ्रिजमा राखेको अवस्थामा खानु राम्रो हुन्छ। यस्ता खानेकुराहरुलाई धेरै बेर सम्म भुटेर, उमालेर वा तारेर प्रयोग गरेमा यसमा भएको भिटामिन र मिनरल नष्ट भएर जान्छ। उल्टै यस्ता खाना शरीरका लागि हानिकारक पनि हुनसक्छ। खानामा गुलियो, चिल्लो र नुनको मात्रा कम हुन स्वस्थ आहारको मुलभूत आधार हो।

स्वस्थ आहारका पाँच वटा प्रमुख पक्ष हुन्छन्। स्वस्थ आहारको बारेमा बुझ्न सबभन्दा पहिला अस्वस्थ आहारको बारेमा बुझ्न जरुरी हुन्छ। खानामा अस्वस्थ आहार नहुनु नै स्वस्थ आहारको पहिलो आवश्यकता बुझ्न सकिन्छ। जस्तै कम गुलियो, कम नुनिलो र कम चिल्लो खानालाई स्वस्थ आहार भन्न मिल्छ। साथै सागसब्जी, फलफूल र रेसादार खानाको प्रशस्त प्रयोग स्वस्थ आहारको अर्को महत्त्वपूर्ण पक्ष हो।

फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर्स र अन्य पदार्थहरुले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्दछ। यसले हृदयाघात र मस्तिष्काघातबाट बचाउँछ। फलफूल र सागसब्जीमा पाइने भिटामिनहरुले हाम्रो रोग निरोधक क्षमता बढाउँछ र पटकपटक संक्रमण हुनबाट बचाउँछ।

फलफूल र सागसब्जीहरू

फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर्स र अन्य पदार्थहरुले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्दछ। यसले हृदयाघात र मस्तिष्काघातबाट बचाउँछ। फलफूल र सागसब्जीमा पाइने भिटामिनहरुले हाम्रो रोग निरोधक क्षमता बढाउँछ र पटकपटक संक्रमण हुनबाट बचाउँछ। सामान्य अर्थमा यस्ता खानेकुराले हाम्रो शरीरको विभिन्न प्रणालीहरुलाई स्वस्थ र क्रियाशील बनाउँछ र हामीलाई रोगबाट टाढा राख्छ।

प्रतिदिन कति फलफूल र सागसब्जी खानु राम्रो हुन्छ?

कम्तीमा प्रतिदिन ५०० ग्राम जति फलफूल र सागसब्जी खानुपर्छ। यसलाई एकैचोटी नखाएर कम्तीमा ५ पटकमा खानुपर्छ। एक चोटिमा कति फलफूल वा सागसब्जी खाए ठीक हुन्छ, यो कुराको जानकारी हुनुपर्छ। एउटा मध्यम आकारको फल जस्तै केरा, स्याउ, सुन्तला, नासपाती, अनार र आँपलाई एकचोटि मानिन्छ। त्यसैगरी २ खाने चम्चाभर पाकेको सब्जी वा एउटा ठूलो गोलभेँडालाई सागसब्जीको एक ‘सर्भिङ’ मानिन्छ।

फाइबरयुक्त खाना

‘सोल्युबल फाइबर’ युक्त खानाले कोलेस्ट्राेल आन्द्रामा शोषण हुने प्रक्रियामा कमी ल्याएर रगतमा कोलेस्ट्रोलको मात्रा घटाउँछ। सोल्युबल फाइबर प्रशस्त हुने खानेकुरा हरियो सागसब्जी र फलफूलहरु हुन्।