हर्लिक्स शाकाहार कि मांसाहार?
बिरामी हुँदा तागत दिन्छ भनेर हर्लिक्स खाने गर्नुभएकाे हाेला। यसैगरी कतिले अाफ्ना बालबालिकालार्इ पाेषिलाे खानेकुरा खुवाउने बहानामा हर्लिक्स नै खुवाउने गर्नुभएकाे हाेला। कतिले त पूजाअाज वा व्रतका वेला शुद्ध भनेर यसलार्इ पिउने गर्नुभएकाे हाेला।
हर्लिक्सको प्याकेटमा १० भन्दा बढी पोषक छ भनेर लेखेको पाइन्छ। यसको सँगै हरियो रङकाे सानो थोप्लो पनि हुन्छ यसको अर्थ हो, हर्लिक्स शाकाहार हो। हर्लिक्स बनाउने कम्पनी ग्यालेक्सो स्मिथ क्लाइन कन्ज्युमर हेल्थकेयरले बीबीसीलाई बताएअनुसार यो पूर्ण शाकाहार हो।
तर भारतमा अहिले हर्लिक्स शाकाहार हो भन्ने कुरामा प्रश्न उठ्न थालेको छ। बिहारको मुजफ्फरफुरमा हर्लिक्स पूर्ण शाकाहारी नभएको भन्दै यसको खरिद बिक्रीमा रोक लगाइएको छ। जिल्ला औषधि नियन्त्रण विभागले गरेको जाँचमा, हर्लिक्समा भएको भिटामिन ‘डी’को स्रोत जन्तुको स्रोत हो त्यसैले यो मांसाहारी हो भनिएकाे छ।
मुजफ्फरफुरको ‘ड्रग्स इन्सपेक्टर’ विकास शिरोमणिले सूचना जारी गरी हर्लिक्स बिक्रीमा रोक लगाएका हुन्। तर उत्पादक कम्पनीले भने हर्लिक्स शाकाहार नै भएकाे दाबी गरेका छन्। ‘हामीले ड्रग्स इन्सपेक्टरको नोटिस पाएका छौँ’, ग्यालेक्सो स्मिथक्लाइन कन्ज्युमर हेल्थकेयरको प्रवक्ताले भने, ‘हाम्रा सबै उत्पादन फुड सेफ्टी स्ट्यान्डर्डमा भएकाले लाइसेन्स पाएको हाैँ।’
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ