म्हपूजा अर्थात् शरीरप्रति सचेत बन्ने दिन
काठमाडौं : नेपाल संवतअनुसार नयाँ वर्षको अवसर पारेर बिहीबार नेवार समुदाय मौलिक पर्व म्हपूजा गर्दैछन्। म्हपूजाको अर्थ हुन्छ, शरीरको पूजा।
म्हपूजाका लागि बिहानैदेखि घरसफा गरिन्छ। विभिन्न पक्वान्न तयार गरी म्हपूजाको तयारी गरिन्छ। साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर शुद्ध बनाइन्छ। पानीको मण्डला बनाई त्यसमाथि तेलको मण्डला बनाइन्छ। विभिन्र प्रक्रिया अपनार्इ शरीर पूजा गरिन्छ।
पूजाका क्रममा शरीरमा कुनै रोगव्याधि नलागोस्, सँधै स्वस्थ हुनसकुँ भन्ने कामना गरिन्छ। म्हपूजा गर्नुको अर्थ अाफ्नाे शरीरप्रति सचेत हुनु रहेकाे संस्कृतिविदहरू बताउँछन्। इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ आफ्ना शरीरप्रति सचेत भएर सारा संसारलाई चिन्नको लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगतको कल्याण गर्न सक्छु भन्ने भावना उत्पन्न गर्न यो पर्वको महत्त्व भएको बताउँछन्।
‘शरीरकाे पूजा गर्नु भनेकाे फूल अक्षता जिउमा चढाउनु मात्र हाेइन’, उनी भन्छन्, ‘शरीरका सबै अवयव ठीक राखेर संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भन्ने अातमविश्वास उत्पन्र गराउनु नै यसकाे विशेषाता हाे।’ म्हपूजाका वेला गरिने सरसफाइले पनि यसकाे महत्त्व दर्शाउँछ। घरअाँगन सफासुघ्रङर राखे राेग लाग्रन पाउँदैन भन्ने सन्देश यसले दिन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’