लेजर थेरापी : प्रकाशद्वारा बिरामीलाई राहत
बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन प्रभावकारी
लेजर भनेको एक प्रकारको विकिरण हो। याे प्रविध अल्बट आइन्सटाइनले विकास गरेका हुन। बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन लेजर उपचार पद्धतिकाे प्रयोग गरिन्छ।
साथै याे उपचार विधिलाई हिलिङ थेरापीसमेत भनिन्छ। यसको प्रयोग मूख्यतः शरीरका विभिन्न भागमा हुने दुखाई कम गर्न उपयोगी ठानिन्छ। यस विधिमा लेजर लाइटको खास प्रयोग हुन्छ जुन दुखाइयुक्त स्थानमा टार्गेट गरी उपकरणको माध्यमबाट प्रकाश पार्ने गरिन्छ। त्यसैले यसलाई टार्गेट पद्धति समेत भन्ने गरिन्छ।
यसमा कम शक्तिको विकिरणबाट सेकेर विभिन्न चार सय प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ। यसको प्रयोगमा कुनै पनि साइड इफेक्ट हुदैन। यो अयुर्वेदिक होमियोप्याथिक र एलोपेथिक उपचारसँगै एकै समयमा प्रयोग गर्न सकिन्छ। जसले कोषिकालाई नयाँ जीवन दिन्छ।
लेजर थेरापीमा लेजर मेसिनबाट निस्केको विकिरणलाई धेरै गुणा बढाएर एकै ठाउँमा पर्ने गरी गहिराइसम्म सेक्ने काम गर्छ, जसले गर्दा दुखाइ कम हुन्छ। सुन्निएको ठीक हुन्छ। रक्तसञ्चालन सक्रिय गराई अंगको कोषिका र तन्तुलाई नयाँ जीवन दिन्छ र रोग निको हुन्छ।
लेजर थेरापी गर्न सकिने रोगहरुः
मुटु, फोक्सो, हाडजोर्नी, पेट, आन्द्रा, नसा, पिसाब र मूत्रनली, स्त्री, नाक, कान, घाँटी र अन्य छालासम्बन्धी रोगहरूकाे पनि उपचार गर्न सकिन्छ। लामो समयसम्म कडा औषधिको प्रयोगले पेट र मिर्गाैलामा खराब गर्न सक्छ र उपचार गर्दा गर्दै रोग बिग्रिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरू उपचार गरेमा यी खराबीबाट बच्न सकिन्छ र रोग पूर्णरूपमा निको हुन्छ।
डा. सुशीला वैद्य
लेजर थेरापिस्ट
विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त