सूर्तीजन्य पदार्थको कर बढ्यो
काठमाडौं-सरकारले सूर्तीजन्य पदार्थको कर बढाएको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट भाषण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले चुरोट र सुर्तीजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन । उनले आजैका मितीदेखि चुरोटका प्रत्येक खिल्लीमा २५ पैसा स्वास्थ्य जोखिम कर लगाएको पनि जानकारी दिए । हालसम्म सूर्तीजन्य पदार्थमा २८ प्रतिशत कर लाग्दै आएको छ । यो अन्य देशको तुलनामा अत्यन्त कम मानिन्छ । सूर्तीजन्य पदार्थमा लगाइएको यो कर सकारात्मक भए पनि यसको कर अझै बढाउनुपर्ने सरोकारवालाको भनाई छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड