पत्थरीको शल्यक्रिया गर्ने भन्दै मानसिक रोगीको मिर्गौला निकालियो
काठमाडौं— मानसिक रोगी एक युवकको मिर्गौला झिकेर आफूमा प्रत्यारोपण गराउन लगाउने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका १ स्थायी घर भई हाल भक्तपुमा बस्ने ५१ वर्षीय थर्क बहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्तमानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलान्चोक टुकुचा गाबिस वडा नं ९ घर भई हाल बनेपा नगरपालिका २ बस्ने २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको प्रहरीको भनाई छ । मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्रको पनि नाता प्रमाणित लगायतको कागजपत्र पेस गर्नुपर्नेमा मिर्गौला चोरी, निकासी, गर्ने गिरोहले नक्कली कागजपत्र पेस गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ ।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण