Health TV Online
Health TV Online
Health TV Online

कागती : यी समस्यामा उपयोगी

कागती : यी समस्यामा उपयोगी

हेल्थ टिभी अनलाइन : अमिलो वर्गमा पर्ने बहुपयोगी फल, कागती । भिटामिन सीको मुख्य स्रोत मानिने यस फललाई आन्तरिक एवं बाह्य स्वास्थ्य रक्षाको लागि महत्त्वपूर्ण मानिन्छ। कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विविध रोगलाई निर्मूल गर्ने शक्ति हुन्छ। ज्यामिर, निबुवा, भोगटे आदि फल पनि कागतीकै वर्गमा पर्छन्।

कागतीलाई रुचिकारक, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं सौन्दर्यवर्धक फलको रूपमा लिन सकिन्छ। साथै विभिन्न उपचारमा समेत प्रयोग गर्न सकिन्छ। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद,
ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ। कागतीको सेवन ठीक तरिकाले गर्न सके मात्र फाइदा लिन सकिन्छ।

सुन्दरताको लागिः कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक बनावटमा सुन्दरता प्राप्त गर्न सकिन्छ। अनुहारमा डण्डीफोर जस्ता विकृति हटाएर कान्ति ल्याउन कागती पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।

पेटको रोग

पेट पोल्ने रोगका लागि मरिच र नुनको साथमा कागतीको रस खानाले फाइदा पुग्छ। पेटमा ग्यास भरिएको अनुभव भएमा एक ग्लास पानीमा विरेनुन वा सिँधेनुन र जिराको धुलो राखेर पिउनाले आराम हुन्छ।कागतीको बियाँलाई पिसेर पानीसँग मिसाएर खाँदा पेटमा पर्ने जुका र चुर्ना नाश हुन्छन्।

हृदयरोग

कागती पानीको नियमित सेवनले रक्तसंचारमा सहयोग पुयाउनुको साथै रगतलाई सफा र शुद्ध पार्दछ र हृदयशक्ति बढाउँछ।

बान्ता थाम्न

कागतीको रसमा जीराको धुलो राखेर पिउनाले फाइदा पुग्छ। साथै सवारी साधनमा लामो यात्रमा हिँड्दा बान्ता हुनेहरूले कागतीको सिंगै दाना साथमा राख्नुपर्छ। बान्ता होला जस्तो भएमा सुँघ्नाले पनि फाइदा पुग्छ।

कब्जियत

खाली पेटमा विहानै कागतीको रस राखेर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ। साथै यसले मोटाई घटाउन समेत मद्दत गर्छ।

यसैगरी अन्य धेरै रोगमा यसको प्रयोग गर्न सकिन्छ। गर्मीयाममा अरूचि भएमा खानामा कागतीको रस राखेर खाँदा रूचि बद्छ। कागतीको रसमा सख्खर राखेर खानाले बाडुली रोकिन्छ। कागतीको रसमा चिनी राखेर पिउनाले पित्त रोगलाई फाइदा पुग्छ।

अदुवाको धुलोमा कागतीको रस मिसाएर लेप लगाउनाले दाद र छाला चिलाउने रोगलाई फाइदा पुग्छ। कागतीले शरीरमा भएका दूषित पदार्थलाई बाहिर निकाली आन्तरिक शक्तिमा वृद्धि गराउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’