लामो समयसम्म मास्क लगाउँदा छालामा समस्या ! कसरी बच्ने ?
प्राडा धर्मेन्द्र कर्ण
कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड साबुन पानीले हात धोइरहने, मास्कको अनिवार्य प्रयोग गर्ने र भौतिक दूरी कायम गर्ने पालना गर्नुपर्ने हुन्छ । सरकारले पनि बारम्बार जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्दै आएको छ । तर अर्कोतिर कोरोनाबाट बच्नका लागि लगाइने मास्कको प्रयोग गर्दा यसले छालामा असर गर्ने गरेको पाइएको छ ।
नेपालमा कोरोना महामारी शुरु भए यता छालामा विशेष गरी मास्क लगाउने अनुहारको भागमा धेरै नै समस्या बढेको पाइएको छ । खासगरी अहिले मास्कको प्रयोगका कारण ४ मुख्य समस्याहरु देखिएका छन्।
पहिलो कुरा त मास्कको प्रयोग गर्नु अघि आफूले लगाउने मास्क गुणस्तरीय छ छैन हेर्न आवश्यक हुन्छ । आजभोलि बजारमा अनेक किसिमका मास्क पाइन्छन् त्यसैले गुणस्तीय मास्कको छनौट गर्न सक्नुपर्छ । अर्को कुरा मास्क लामो समयसम्म लगाउनुपर्ने अवस्थामा हुनुहुन्छ भने मास्कको डोरीलाई कानमा नराखी टाउकोको पछाडी बाँध्नेवाला मास्कको प्रयोग गर्दा राम्रो हुन्छ ।
पहिलो, मास्क प्रयोग गर्दा यसको डोरीले जुन जुन भागमा छुन्छ त्यो भाग रातो हुने, चिलाउने, खटिरा आउने देखिएको छ । यसमा विशेष गरी मास्कको डोरी अड्याउने कानको पछाडीको भाग, मास्क कसिलो बनाउने नाक र गालाको भागमा पनि समस्या हुने गरेर बिरामी आउने गरेका छन्। कसिलो गरी मास्क लगाउँदा यो समस्या देखिएको छ ।
दोस्रो, मास्क लगाएको भागमा मुखको वरिपरी बाफिएर बढी चिल्लोपना भएर डन्डीफोर, स साना बिबिरा आउने चिलाउने, रातो हुने देखिएको छ । तेस्रो, मास्कमा जुन मटिरियल प्रयोग भएको छ त्यसबाट नै हुने एलर्जीका कारण पनि समस्या भएको देखिन्छ । चौथोमा पहिलोदेखि छालामा समस्या भएकालाई मास्कको प्रयोगले झनै समस्या गराएको छ । बिबिरा आइरहने, रातो हुने, पोल्ने जस्ता समस्या झन बढेको पाइएको छ।
यो त भयो समस्याको कुरा यसको समाधान पनि छ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क त लगाउनै पर्यो । यसलाई लगाउँदिन भन्न मिल्दैन । यो हामी सबै नागरिकको आफू, आफनो परिवार र समूदायलाई कोरोनाबाट बचाउने अस्त्र पनि हो । त्यसैले मास्क लगाउने तर केही सावधानी अपनाएर लगाउँदा छालामा देखिने यी समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।
पहिलो कुरा त मास्कको प्रयोग गर्नु अघि आफूले लगाउने मास्क गुणस्तरीय छ छैन हेर्न आवश्यक हुन्छ । आजभोलि बजारमा अनेक किसिमका मास्क पाइन्छन् त्यसैले गुणस्तरीय मास्कको छनौट गर्न सक्नुपर्छ । अर्को कुरा मास्क लामो समयसम्म लगाउनुपर्ने अवस्थामा हुनुहुन्छ भने मास्कको डोरीलाई कानमा नराखी टाउकोको पछाडी बाँध्नेवाला मास्कको प्रयोग गर्दा राम्रो हुन्छ । जस्तो स्वास्थ्यकर्मीले एकैपटक लामोसमयसम्म मास्क लगाउनुपर्ने हुन्छ । उनीहरुले कानमा डोरी लगाउँदा यसले डोरी रगडीएर समस्या बनाउँछ ।
यसैगरी मास्कको प्रयोग गर्ने बेलामा महिलाहरुले यदि केही क्रिम लगाउने हो भने उक्त क्रिम लगाएको २० मिनेटपछि मात्र मास्क लगाउनु पर्छ अन्यता क्रिम लगाउने बित्तिकै मास्क लगाउँदा मास्कले नै सबै क्रिम अब्जर्ब गर्ने र त्यसले एलर्जी बनाउन सक्छ । यसका साथै मास्क लगाउनु छ भने सकेसम्म लिपिस्टिक नलगाएको राम्रो । यदि लगाउनै परेमा राम्रो खालको ओठलाई सुख्खा हुन नदिने चिपिस्टिक लगाउँदा हुन्छ । अर्को कुरा मास्कको सफाईमा पनि ध्यान दिनुपर्ने हुन्छ । एउटै मास्क धेरै दिन लगाउन हुँदैन्।
यसैगरी जसलाई मेडिकल मास्क लगाउँदा बढी नै बिबिरा आउने, छाला रातो हुने हुन्छ उनीहरुले नरम कटन कपडाको मास्कको प्रयोग गर्न उचित हुन्छ । यसले एलर्जीको सस्मया कम भएर जान्छ । मास्कको प्रयोग गरेपछि अफिस, कार्यक्रम जहाँ भए पनि सकेसम्म ३ \३ घण्टामा एकान्तमा कोही नभएको ठाउँमा गएर १० \१५ मिनेटका लागि मास्क खोलिनदिनुपर्ने हुन्छ । यति मात्र गरियो भने धेरै हदसम्म मास्कबाट आउने समस्याबाट बच्न सकिन्छ । समस्या बढेर बढी नै डन्डीफोर आउने, रातो हुने, दुख्ने भएमा विशेषज्ञ चिकित्सकको सल्लाह लिन सकिन्छ ।
मास्कको अनिवार्य प्रयोग गरौं तर छालाको पनि हेरविचार गरौं ।
(प्राडा कर्ण छाला रोग तथा सौन्दर्य विशेषज्ञ हुन्।)
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने