Health TV Online
Health TV Online

१० हजार बढीकाे नि:शुल्क स्वास्थ्य परीक्षण गर्न प्रभु बैंक र केडीसी अस्पतालबीच सम्झौता

१० हजार बढीकाे नि:शुल्क स्वास्थ्य परीक्षण गर्न प्रभु बैंक र केडीसी अस्पतालबीच सम्झौता

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलद्धारा सञ्चालित केडीसी जनरल हस्पिटलले एक वर्ष भित्र १० हजार बढी सर्वसाधारणको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

प्रभु बैंक लिमिटेड र वीएम फाउण्डेसनसँगको सहकार्यमा केडीसीले जिल्ला जिल्लामा गएर १० हजार बढीको मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी परीक्षण गर्ने भएको हो ।

केडीसीले जिल्लामा स्वास्थ्य शिविर गरेका बेला स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक र स्थानीय स्वास्थ्य संस्थाका प्राविधिकहरुलाई मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी अभिमुखिकरण तालिम दिने समेत जनाएको छ ।

निशुल्क स्वास्थ्य परीक्षण र अभिमुखीकरण सम्वन्धी कार्यक्रम गर्ने विषयमा मंगलबार केसीडी र वीएम फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र प्रभु बैंकका सिईओ अशोक शेरचनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।