१० हजार बढीकाे नि:शुल्क स्वास्थ्य परीक्षण गर्न प्रभु बैंक र केडीसी अस्पतालबीच सम्झौता
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलद्धारा सञ्चालित केडीसी जनरल हस्पिटलले एक वर्ष भित्र १० हजार बढी सर्वसाधारणको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
प्रभु बैंक लिमिटेड र वीएम फाउण्डेसनसँगको सहकार्यमा केडीसीले जिल्ला जिल्लामा गएर १० हजार बढीको मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी परीक्षण गर्ने भएको हो ।
केडीसीले जिल्लामा स्वास्थ्य शिविर गरेका बेला स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक र स्थानीय स्वास्थ्य संस्थाका प्राविधिकहरुलाई मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी अभिमुखिकरण तालिम दिने समेत जनाएको छ ।
निशुल्क स्वास्थ्य परीक्षण र अभिमुखीकरण सम्वन्धी कार्यक्रम गर्ने विषयमा मंगलबार केसीडी र वीएम फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र प्रभु बैंकका सिईओ अशोक शेरचनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य