दाहालकाे स्वास्थ्यमा सुधार, अाजै स्वदेश फर्किने

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ। सिंगापुरमा उपचाररत सीता स्वास्थ्यमा सुधार आएपछि पतिसँगै आइतबार राति काठमाडौँ फर्किँदैछिन्।
जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको हाे। तीन महिनापछि पुनः जाँचका लागि सिंगापुर जानुपर्ने छोरी रेणु दाहालले जानकारी दिइन्। सीता यही असार ३ गते उपचारका लागि सिंगापुर गएकी थिइन्।
यसअघि नयाँ दिल्लीमा उनको उपचार गरिएको थियो। रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो। सीतालाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै