स्वस्थ रहन चाँडै सुत्नुस्, चाँडै उठ्नुस्
भनाइ नै छ, बेलुका छिट्टै सुत्ने र बिहान चाँडो उठ्ने मानिस जीवनमा सफल हुन्छन्। यस्तो दैनिकीले सफलतासँगै स्वास्थ्यमा समेत सकारात्मक भूमिका खेलिरहेको हुन्छ।
बुझ्नुपर्ने एउटा कुरा के भने बेलुका खाना खानेबित्तिकै सुत्नु भने हुँदैन। खाना खाएपछि पनि त्यो नपचुञ्जेल सक्रिय हुन आवश्यक छ। लगत्तै सुतेमा मोटोपनासँगै विभिन्न समस्या देखिन सक्छ । त्यसैले, खाना खाएको डेढ घण्टापछि सुत्नु उपयुक्त हुन्छ।
बेलुका ९ः०० देखि १० बजे भित्र सुतिसक्नु राम्रो हो। स्वस्थ जीवनका लागि दैनिक ६ देखि आठ घण्टा आरामलेले सुत्नु आवश्यक हुन्छ। ब्राह्म मुहूर्त्त (सूर्याेदय हुनु डेढ घण्टाअघि)मा उठ्नु ज्यादै उत्तम।
बेलुका चाँडै सुते बिहान सबेरै उठ्न सकिन्छ। बेलुका शारीरिक तथा मानसिक रूपमा थकित महसुस हुने भएकाले ऊर्जाशील कामका लागि बिहानको जस्तो जाँगर चल्दैन।
सामान्यतयाः बिहानको हावापानी तथा वातावरण स्वच्छ र स्वस्थ हुन्छ। बिहान सबेरै उठ्नाले स्वच्छ वातावरणमा सकारात्मक जीवनशैलीको ऊर्जा मिल्छ।
शारीरिक तथा मानसिक रूपमा पनि आराम भइसकेको हुनाले बिहान उठ्दा शरीरमा पुनर्ताजगी आउँछ। त्यसैले नयाँ कामका लागि बिहानीको समय उपयुक्त हो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य