दिनमा कति कप कफी पिउनुहुन्छ?, धेरै पिउनु हानिकारक
चिसो मौसम छ। तातो कफी कसलाई मन नपर्ला र! कतिपयको बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म धेरै पटक कफी पिउने बानी हुन्छ। अझ कतिपय त कफी नपिएसम्म कामकाे सुरूवात नै गर्दैनन्।
धेरै कफी पिउनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन। ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएअनुसार एक दिनमा चार कपभन्दा बढी कफी पिउनु स्वास्थ्यको हिसाबले घातक हुन्छ।
धेरै कफी पिउने गर्नाले निद्रा नलाग्ने, मानसिक तथा शारीरिक समस्या पनि बढाउने, डर पैदा गर्ने तथा मुटुको धड्कन रोक्ने सम्भावना बढाउँछ। यस्तै, गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन।
कफीमा कफिनको मात्रा धेरै हुने भएकाले कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ। त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ। वा जन्मिँदै शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ।
नियमित रूपमा कफी सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हृदयाघात हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड