जाडाेमा धेरै कफी पिउनु हानिकारक

कफी धेरैलाई मन पर्ने पेय पदार्थ हो। अझ चिसो मौसममा त कफी अत्यावश्यक मानिन्छ। कतिले बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म धेरै पटक कफी पिउने गर्छन्।
ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको अध्ययनले देखाएअनुसार एक दिनमा चार कपभन्दा बढी कफी पिउनु स्वास्थ्यका हिसाबले घातक हुन्छ। अध्ययनअनुसार कफीमा कफिनको मात्रा धेरै हुन्छ।
धेरै कफी पिउनाले निन्द्रा नलाग्ने, मानसिक तथा शारीरिक समस्या पनि बढाउने, डर पैदा गर्ने तथा मुटुको धड्कन रोक्ने सम्भावनासमेत बढाउँछ।
गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन। कफीको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ।
नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मिँदै शारीरिक तथा मानसिक विकलांग पनि हुन सक्ने सम्भावना पनि धेरै हुन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा