एन्टिबायोटिकको इतिहास र यसको प्रतिरोधप्रति हाम्रो जिम्मेवारी

हेल्थ टिभी अनलाइन : सन् १९२८ मा Sir Alexander Fleming ले पेनिसिलिनको आविष्कार गर्दा त्यसले मानव स्वास्थ्यको लागि एउटा चमत्कारिक वस्तुको विकासका लागि मार्गनिर्देशन गरेको थियो र त्यो चमत्कार एन्टिबायोटिक थियो । यद्यपी एन्टिबायोटिकहरु मानिसहरुमा भने सन् १९४१मा मात्रै प्रयोगमा ल्याइएको थियो । जुन समयमा मानिसहरुको सामान्य संक्रमण भएर मृत्यु हुन्थ्यो वा एउटा सामान्य घाउ हुँदा पनि रगतको संक्रमण भएर ज्यानै जान सक्ने अवस्था थियो । त्यस्तो परिस्थितिमा एन्टिबायोटिकको उदय भएको थियो । त्यो समयलाई धेरैले चिकित्सा विज्ञानमा एक सुनौलौ युगको रुपमा लिने गरेका छन् ।
पेनिसिलिनको व्यापक उत्पादन भने दोश्रो विश्व युद्धको समयमा संयुक्त राज्य अमेरिकामा भएको थियो । त्यसको प्रयोगले हजारौँ घाइते सैनिक र सर्वसाधारणको ज्यान जोगिएको थियो । विज्ञानको यो उपलब्धिले सन् १९८७ सम्म आइपुग्दा पेनिसिलिन बाहेक अन्य धेरै एन्टिबायोटिकहरुको पनि आविष्कार हुन थाल्यो र क्रमशः व्यवसायिक रुपमा नै उत्पादन गर्दै रोग विरुद्धको उपचारमा प्रयोग गर्न थालियो । त्यस पछि भने नयाँ एन्टिबायोटिकको आविष्कारमा क्रमिक ह्रास आउन थाल्यो र अहिलेको समयमा नयाँ एन्टिबायोटिकहरुको उत्पादन भने निकै नै कम भइसकेका छन् ।
अहिलेको समयमा अवस्था यति विकराल भईसकेको छ कि उपलब्ध भएका धेरै एन्टिबायोटिकहरुले काम गर्न छोडिसकेका छन् जसले गर्दा धेरै संक्रमणहरुको उपचार गर्न अप्ठ्यारो भइरहेको छ । फलस्वरुप अस्पतालको बसाई लम्बिन थालेको छ । बिरामीको परिवारमा आर्थिक भार थपिएको छ, नयाँ संक्रमणहरु हुने जोखिम बढ्दो छ र मृत्यूदर पनि बढ्न सक्ने अवस्था छ ।
एन्टिबायोटिकहरुको बढ्दो प्रयोग सँगै यसको दुरुपयोग पनि बढ्दो छ । दुरुपयोगले निम्त्याएको समस्या भनेको एन्टिबायोटिक प्रतिरोध हो र यो एक मौन महामारीको रुपमा विकसित भइरहेको छ । समयसँगै ब्याक्टेरियाहरु परिवर्तन भई एन्टिबायोटिकहरु उनिहरु विरुद्ध अप्रभावी हुने अवस्थालाई नै एन्टिबायोटिक प्रतिरोध भनिन्छ । अहिलेको समयमा अवस्था यति विकराल भईसकेको छ कि उपलब्ध भएका धेरै एन्टिबायोटिकहरुले काम गर्न छोडिसकेका छन् जसले गर्दा धेरै संक्रमणहरुको उपचार गर्न अप्ठ्यारो भइरहेको छ । फलस्वरुप अस्पतालको बसाई लम्बिन थालेको छ । बिरामीको परिवारमा आर्थिक भार थपिएको छ, नयाँ संक्रमणहरु हुने जोखिम बढ्दो छ र मृत्यूदर पनि बढ्न सक्ने अवस्था छ । यहि गतिमा प्रतिरोधको समस्या भईराख्दा प्रभावकारी एन्टिबायोटिकको कमिले गर्दा नियमित शल्यक्रिया, केमोथेरापी र दिर्घकालिन रोगहरुको उपचार नै जोखिमपूर्ण हुन जान्छ । एन्टिबायोटिक प्रयोगकर्ताहरु मात्र नभई यो समस्याले जो कोहिलाई पनि असर पुराउने भएकोले यसबाट कोहि पनि अछुतो रहने कुरै छैन् ।
एन्टिबायोटिकहरुको बढ्दो प्रयोग सँगै यसको दुरुपयोग पनि बढ्दो छ । दुरुपयोगले निम्त्याएको समस्या भनेको एन्टिबायोटिक प्रतिरोध हो र यो एक मौन महामारीको रुपमा विकसित भइरहेको छ । समयसँगै ब्याक्टेरियाहरु परिवर्तन भई एन्टिबायोटिकहरु उनिहरु विरुद्ध अप्रभावी हुने अवस्थालाई नै एन्टिबायोटिक प्रतिरोध भनिन्छ ।
मानिसको ज्यान बचाउने औषधीहरु यस्तो अवस्थासम्म पुग्नुको कारणहरु ब्याक्टेरियाको स्वरुप प्राकृतिक तवरमा परिवर्तन हुनुका साथै यसको अत्याधिक दुरुपयोगले गर्दा पनि हो । मानिसहरुमा जनचेतनाको कमीले गर्दा हाम्रो दैनिक व्यवहारले प्रतिरोधको समस्या तीव्र गतिमा बढिरहेको छ र त्यस मध्येका केहि कारणहरु यस्ता छन् ।
-एन्टिबायोटिकको प्रयोग ब्याक्टेरियल संक्रमणमा मात्रै नभई सामान्य रुघा खोकी जस्ता अरु भाइरल संक्रमणमा पनि गरिन थालिनु
-स्वास्थ्यकर्मिको सल्लाह बिना नै विरामी आफैँले वा अरुको देखासिकी गर्दै एन्टिबायोटिकको माग गर्न थालिनु
-स्वास्थ्यकर्मिको निर्देशनलाई बेवास्ता गर्दै तोकिएको समयसम्म एन्टिबायोटिकको प्रयोग गरिएन वा आफूलाई सन्चो भएको महसुस गर्दै बिचमा नै एन्टिबायोटिकको प्रयोग गर्न छोड्नु
-पछिलाई काम लाग्छ भन्दै एन्टिबायोटिकलाई संचित गरेर राख्न थाल्नु
-रोग पत्ता लाग्नु अगावै एन्टिबायोटिकको सेवन गर्नु
-घर वरपर साथै स्वास्थ्यसंस्थाहरुमा सरसफाईको कमिले पनि प्रतिरोधी ब्याक्टेरियाहरु फैलिन सक्ने संभावना हुन्छ
– एन्टिबायोटिकको पूरा डोज नखानु
-मानव स्वास्थ्यमा मात्रै नभई, पशुपन्क्षीहरुमा पनि अनावश्यक रुपमा वृद्धि विकासका लागि एन्टिबायोटिकहरु बृहत रुपमा प्रयोग गरिन थालिनु ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सन् २०१९मा मात्रै प्रतिरोधको कारणले गरेर विश्वमा प्रत्यक्ष रुपमा १२ लाख ७० हजारको मृत्यू भएको थियो भने करिब ४९ लाख ५० हजारको मृत्यूमा यसको अप्रत्यक्ष योगदान थियो । ज्यानधनलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गर्ने प्रतिरोधको रोकथामका लागि सबै जनाले आ-आफ्नो तवरबाट कदम चाल्नुपर्छ ।
जनचेतना : विरामी तथा सर्वसाधारणलाई एन्टिबायोटिकको समुचित प्रयोग र स्वास्थ्यकर्मिको निर्देशन अनुरुप एन्टिबायोटिकको पूरा डोज खानुपर्ने महत्वबारेमा चेतना फैलाउने । यसै अन्तर्गत आफूखुसीले एन्टिबायोटिकको प्रयोग गर्ने भन्दा पनि स्वास्थ्यकर्मिको सल्लाह अनुसार, जाँच गरेर मात्रै खाने । भाइरल संक्रमणको लागि एन्टिबायोटिकको प्रयोग नगर्ने ।
व्यवहार परिवर्तन : अरुलाई सन्चो भएको एन्टिबोयोटिकले आफूमा पनि काम गर्छ भन्ने हँुदैन , तसर्थ, एन्टिबायोटिकहरु बाँडेर खाने होइन र पछिलाई काम लाग्छ भनेर संचित गरेर राख्ने पनि होइन ।
सरसफाई प्रर्वधन : रोग लागेर औषधी खानुपर्ने स्थिति आउन नदिनका लागि सरसफाईमा ध्यान दिने र स्वास्थ्यसंस्थाहरुमा पनि संक्रमण फैलन नदिनका लागि सरसफाई गर्ने ।
नयाँ एन्टिबायोटिकको आविष्कार, अध्ययन तथा उत्पादनको लागि औषधी कम्पनीलाई प्रोत्साहन गर्ने ।
खोप लगाएर संक्रमणबाट बच्ने ।
जनावर, पशुपंक्षि तथा वातावरणमा एन्टिबायोटिकको अनावश्यक प्रयोग नगर्ने ।
एन्टिबायोटिक प्रतिरोध भनेको एउटा सामान्य प्रकृया हो र एन्टिबायोटिकको प्रयोगसँगै ढिलो चाँडो यसको स्वरुपमा परिवर्तन भएर प्रतिरोध हुन्छ । तर मानिसहरुले एन्टिबायोटिकलाई अनावश्यक रुपमा दुरुपयोग गर्दा योे समस्याले निकट समयमा मानव स्वास्थ्यलाई गम्भीर संकटमा पार्न सक्छ । यसमा सबै भन्दा ठूलो कारण जनचेतनाको कमी नै हो । एन्टिबायोटिकको सही प्रयोग, स्वास्थ्यकर्मीको निर्देशनको पालना, र सरसफाईजस्ता सरल उपायहरु मार्फत यी समस्यालाई रोकथाम गर्न सकिन्छ । यस समस्याको समाधान गर्नु हामी सबैको साझा जिम्मेवारी हो । यसको रोकथामका लागि समुदाय, स्वास्थ्यकर्मी, नीति निर्माता तथा सरोकारवालाहरु एक जुट भएर लाग्ने बेला आइसकेको छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै