किन खान हुँदैन आफूखुशी एन्टीबायोटिक ?

नेपालमा एन्टीबायोटिक औषधिको आफूखुशी र जथाभावी प्रयोग बढ्दो छ। रुघाखोकी लाग्यो, ज्वरो आयो, केही संक्रमण भयो, केही सामान्य दुखाइ भएमा परीक्षण नै नगरी औषधि पसलमा गएर सिधै एन्टीबायोटिक किन्ने र खाने चलन बढी देखिन्छ । तर हामीले के कुरा हेक्का राखेका छैनौं भने कुनै पनि औषधिको सही तरिकाले र सही रोगमा प्रयोग गरे त्यसले फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत रोगमा र गलत तरिकाले गर्दा फाइदा भन्दा बेफाइदा बढी गर्छ । आफूखुशी जथाभावी औषधि खाँदा अहिले बिस्तारै एन्टीबायोटिकले काम गर्नै छोड्दैछ । एन्टीबायोटिकको दुरुपयोगले ब्याक्टेरिया औषधिभन्दा बलिया बन्दै गएका छन् । यो नेपालमा मात्र होइन विश्वकै समस्याको रुपमा देखा पर्न थालेको छ । तर, यसकाे प्रभाव र असरबारे न आम मानिसले हेक्का राखेका छन्, न राज्य नै चिन्तित देखिन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सिनिअर रिसर्च अफिसर डा मेघनाथ धिमालका अनुसार शरीरमा ब्याक्टेरियाको संक्रमण भएमा मात्र एन्टीबायोटिक दिने गरिन्छ । सो संक्रमण ब्याक्टेरियाको हो होइन भन्ने कुरा परीक्षण पश्चात मात्र थाहा हुन्छ । तर नेपालमा अधिकांश बिरामीलाई फार्मेसी पसलबाट कुनै परीक्षण बिना नै सिधै एन्टीबायोटिक दिने गरिएको छ । अन्य कारणले भएको संक्रमणमा एन्टीबायोटिकले काम गर्दैन । उल्टो हानी पुराउँछ ।
आफूखुशी निरन्तर एन्टीबायोटिक प्रयोग गर्दा ‘एन्टीबायोटिक रेरिसस्टेन्स’को जोखिम एकदमै बढ्दै गएको बताउँछन क्रिटिकल केयर विशेषज्ञ डा सुवास प्रसाद आचार्य । उनले अस्पताल भर्ना भएका बिरामीमध्ये २५ देखि ४० प्रतिशतलाई एन्टीबायोटिक चलाइने गरेको भन्दै यो असाध्यै बढी भएको समेत जिकीर गरे । एन्टीबायोटिक नचाहिने अवस्थामा पनि एन्टीबायोटिक चलाएको पाइएको र एन्टीबायोटिक चलाइएकामध्ये ५ प्रतिशतमा गम्भीर साइड इफेक्ट देखिने गरेको समेत उनले जानकारी दिए । डा आचार्यले अस्पतालहरुले अब गम्भीर भएर कस्तो अवस्थामा एन्टीबायोटिक चलाउने भन्ने गाइडलाइन्स बनाएर सो अनुसार चल्नैपर्ने अन्यथा बिरामीलाई एन्टीबायोटिकले नै निको हुन नदिने र गम्भीर अवस्था निम्त्याउने अवस्था आउन सक्ने जिकीर गरे ।
नेपालमा एन्टीबायोटिक औषधिको आफूखुशी र जथाभावी प्रयोग बढ्दो छ। रुघाखोकी लाग्यो, ज्वरो आयो, केही संक्रमण भयो, केही सामान्य दुखाइ भएमा परीक्षण नै नगरी औषधि पसलमा गएर सिधै एन्टीबायोटिक किन्ने र खाने चलन बढी देखिन्छ । तर हामीले के कुरा हेक्का राखेका छैनौं भने कुनै पनि औषधिको सही तरिकाले र सही रोगमा प्रयोग गरे त्यसले फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत रोगमा र गलत तरिकाले गर्दा फाइदा भन्दा बेफाइदा बढी गर्छ । आफूखुशी जथाभावी औषधि खाँदा अहिले बिस्तारै एन्टीबायोटिकले काम गर्नै छोड्दैछ । एन्टीबायोटिकको दुरुपयोगले ब्याक्टेरिया औषधिभन्दा बलिया बन्दै गएका छन् ।
कुनै बेला पहिलोपटक पेनिसिलिन एन्टीबायोटिक आउँदा चिकित्सा विज्ञानले त्यसलाई एन्टीबायोटिकको स्वर्ण वर्ष भन्दै ब्याक्टेरियाको संक्रमणबाट धेरैलाई बचाउने वरदानका रुपमा लिएको एन्टीबायोटिक अहिले सही प्रयोग गर्न नसक्दा र जनचेतना फैलाउन नसक्दा कतै अभिशाप त हुने होइन धेरैको चिन्ताको विषय बन्न थालेको छ । विश्व स्वास्थ्य संगठनले पनि बारम्बार चेतावनी दिइरहेको छ, अनावश्यक रूपमा आफूखुसी एन्टीबायोटिक सेवन गर्दा ज्यानै जान सक्छ है भनेर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल भन्छन, ‘एन्टीबायोटिक आफूखुशी खान हुँदैन भन्ने कुरा बुझाउनै सकिएन ।’ अझ डरलाग्दो कुरा त चिकित्सकलाई पनि सबै र लेख्नै नपर्ने अवस्थामा एन्टीबायोटिक नलेख भन्न नसकिएको अवस्था छ उनले थपे । अब यसलाई तोड्न पर्छ । हामीमध्ये कतिजना मेरो परीक्षण गरेर मात्र एन्टीबायोटिक खान्छु भन्ने छौं त यो पनि बुझ्न पर्यो । सबै मिलेर काम नगरेसम्म यो समाधान हुन नसक्ने उनको भनाई छ ।
यसैगरी स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्राले एन्टीबायोटिकको दुरुपयोग डाक्टरबाटै धेरै भएको भन्दै नचाहिने अवस्थामा एन्टीबायोटिक प्रयोग गर्न नहुनेमा डाक्टरहरु एकवद्ध हुनुपर्ने बताइन । हामीले पनि गाइडलाइन्स बनाउनुपर्छ कुन अवस्थामा एन्टीबायोटिक दिने भनेर । हामी अनुशासनमा बस्यौं भने बिरामीले दुख पाउँदैनन । यो सँगै उनी बिरामी पनि सचेत हुनुपर्नेमा जोड दिन्छिन । मलाई डाक्टरले किन एन्टीबायोटिक दियो भनेर सोध्न पर्छ । परीक्षण गरेर एन्टीबायोटिक खान्छु भन्न सक्नुपर्छ उनले थपिन । अन्यथा यो ठूलो समस्या बन्नेवाला छ ।
यदि हामीले जथाभावी एन्टीबायोटिक प्रयोग गर्यौं भने बिस्तारै बिस्तारै एन्टीबायोटिकको ब्याक्टेरिया विरुद्ध लड्ने क्षमतामा कमी हुँदै गएर उपचारमा जटिलता आउने मात्र होइन, उपचार नै सम्भव नहुने सम्म हुनसक्छ । त्यसैले हामीले बुझनुपर्ने कुरा एन्टीबायोटिक भनेको सामान्य अवस्थामा खाइने औषधि होइन । यो चिकित्सकको परामर्शमा जाँच गरेपछि मात्र खानुपर्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको एक अध्ययन अनुसार २८ प्रतिशत बिरामीले अहिले पनि ‘ओभर द काउन्टर’ औषधि पसलमा एन्टीबायोटिक प्रेस्क्रीप्सन बिना नै किनेर खाने गरेका छन् । यसैगरी २२ प्रतिशत बिरामीले आफूले खाइरहेको एन्टीबायोटिकको डोज नै पूरा गर्दैनन् । सबैभन्दा डरलाग्दो कुरा नै यही हो । यसैगरी सो अध्ययन अनुसार नेपालमा ७० प्रतिशतले कडा खालको एन्टीबायोटिकको प्रयोग गर्छन । यसैगरी डाक्टरले प्रेस्क्राइब गरेका औषधि मध्ये ३८ प्रतिशत एन्टीबायोटिक हुने गरेको सो अध्ययनले देखाएको छ । जबकी यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकोभन्दा बढी हो । जथाभावी एन्टीबायोटिकको प्रयोगले ब्याक्टेरिया बलियो बन्दै गएको छ तसर्थ औषधिको प्रभावकारितामा पनि उतिकै ह्रास आएको देखिन्छ ।
कतिपय बिरामीले ५ दिनको कोर्ष भए पनि केही ठीक भएमा दुई दिनमै औषधि खाँदाखाँदै बीचमै छोड्ने गरेको पाइन्छ । यो बेला एन्टीबायोटिकले ब्याक्टेरियालाई पूर्णरुपमा मार्न सक्दैन र ब्याक्टेरिया त्यहीं नै हुन्छ र फेरि संक्रमण गराउँछ तर यो समय पुरानो एन्टीबायोटिकले काम गर्न सक्दैन । यो ब्याक्टेरियविरुद्ध औषधिले काम गर्न नसक्ने अवस्था नै रेसिस्टेन्स हो । त्यसैले एन्टीबायोटिकको कोर्ष पूरा गर्नैपर्छ बीचमा छाेडन मिल्दैन । औषधिको मात्रा पूरा नगरी बिचमै छोड्नु निकै घातक हुन्छ । यसरी आवश्यकभन्दा कम वा बढी मात्रामा एन्टीबायोटिक सेवन गर्दा वा यसको डोज पूरा नगर्दा वा नचाहिने अवस्थामा एन्टीबायोटिकको प्रयोग गरेमा ब्याक्टेरियाको औषधि प्रतिरोधी क्षमता बढेर औषधिले कामै नगर्नेसम्म हुन जान्छ । यसलाई नै ‘एन्टीमाइक्रोबियल रेरिसस्टेन्स’ भनिन्छ । यसको मतलब एन्टीबायोटिक भन्दा ब्याक्टेरिया बलियो भयो जसले गर्दा बिरामीमा एन्टीबायोटिकले काम गर्न छोड्छ, यसको परिणाममा रोगको उपचारमा समय लाग्ने, जटिलता आउने र ज्यानै बचाउन मुश्किल हुन थालेको छ । जुन गम्भीर विषय हो । यसबारे बेलैमा सोच्ने र काम गर्ने बेला आइसकेको छ ।
यदि हामीले जथाभावी एन्टीबायोटिक प्रयोग गर्यौं भने बिस्तारै बिस्तारै एन्टीबायोटिकको ब्याक्टेरिया विरुद्ध लड्ने क्षमतामा कमी हुँदै गएर उपचारमा जटिलता आउने मात्र होइन, उपचार नै सम्भव नहुने सम्म हुनसक्छ । त्यसैले हामीले बुझनुपर्ने कुरा एन्टीबायोटिक भनेको सामान्य अवस्थामा खाइने औषधि होइन । यो चिकित्सकको परामर्शमा जाँच गरेपछि मात्र खानुपर्छ । एकपटक यसको सेवन सुरु गरेपछि पूरा डोज खानैपर्छ । आफूखुशी औषधि पसलमा गएर एन्टीबायोटिक किन्नु र खानु दुबै घातक हुनसक्छ । अहिले धेरै प्रयोगशालामा बिरामीको नमुनामा ब्याक्टेरियामा एन्टिबायोटिक रेसिस्टेन्स छ छैन जाँच गर्ने सुविधा रहेको हुँदा शरीरमा एन्टीबायोटिक रेसिस्टेन्सकाे कस्तो अवस्थामा छ हेर्न सकिन्छ । यसो गरेमा भविष्यमा हुनसक्ने ‘एन्टीमाइक्रोबियल रेरिसस्टेन्स’ काे जटिलताबाट धेरै हदसम्म बच्न सकिन्छ । सरकारले पनि प्राथमिकताकासाथ एन्टीबायोटिकको जथाभावी प्रयोगलाई रोक्न अझ बढी सक्रियता देखाउनपर्ने बेला आएको छ ।
‘एन्टीमाइक्रोबियल रेसिस्टेन्स’ लाई अहिले विश्व स्वास्थ्य संगठनले विश्वको दसमध्ये एक जनस्वास्थ्य चुनौती भनेर उल्लेख गरेको छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै