किन खान हुँदैन आफूखुशी एन्टीबायोटिक ?
नेपालमा एन्टीबायोटिक औषधिको आफूखुशी र जथाभावी प्रयोग बढ्दो छ। रुघाखोकी लाग्यो, ज्वरो आयो, केही संक्रमण भयो, केही सामान्य दुखाइ भएमा परीक्षण नै नगरी औषधि पसलमा गएर सिधै एन्टीबायोटिक किन्ने र खाने चलन बढी देखिन्छ । तर हामीले के कुरा हेक्का राखेका छैनौं भने कुनै पनि औषधिको सही तरिकाले र सही रोगमा प्रयोग गरे त्यसले फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत रोगमा र गलत तरिकाले गर्दा फाइदा भन्दा बेफाइदा बढी गर्छ । आफूखुशी जथाभावी औषधि खाँदा अहिले बिस्तारै एन्टीबायोटिकले काम गर्नै छोड्दैछ । एन्टीबायोटिकको दुरुपयोगले ब्याक्टेरिया औषधिभन्दा बलिया बन्दै गएका छन् । यो नेपालमा मात्र होइन विश्वकै समस्याको रुपमा देखा पर्न थालेको छ । तर, यसकाे प्रभाव र असरबारे न आम मानिसले हेक्का राखेका छन्, न राज्य नै चिन्तित देखिन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सिनिअर रिसर्च अफिसर डा मेघनाथ धिमालका अनुसार शरीरमा ब्याक्टेरियाको संक्रमण भएमा मात्र एन्टीबायोटिक दिने गरिन्छ । सो संक्रमण ब्याक्टेरियाको हो होइन भन्ने कुरा परीक्षण पश्चात मात्र थाहा हुन्छ । तर नेपालमा अधिकांश बिरामीलाई फार्मेसी पसलबाट कुनै परीक्षण बिना नै सिधै एन्टीबायोटिक दिने गरिएको छ । अन्य कारणले भएको संक्रमणमा एन्टीबायोटिकले काम गर्दैन । उल्टो हानी पुराउँछ ।
आफूखुशी निरन्तर एन्टीबायोटिक प्रयोग गर्दा ‘एन्टीबायोटिक रेरिसस्टेन्स’को जोखिम एकदमै बढ्दै गएको बताउँछन क्रिटिकल केयर विशेषज्ञ डा सुवास प्रसाद आचार्य । उनले अस्पताल भर्ना भएका बिरामीमध्ये २५ देखि ४० प्रतिशतलाई एन्टीबायोटिक चलाइने गरेको भन्दै यो असाध्यै बढी भएको समेत जिकीर गरे । एन्टीबायोटिक नचाहिने अवस्थामा पनि एन्टीबायोटिक चलाएको पाइएको र एन्टीबायोटिक चलाइएकामध्ये ५ प्रतिशतमा गम्भीर साइड इफेक्ट देखिने गरेको समेत उनले जानकारी दिए । डा आचार्यले अस्पतालहरुले अब गम्भीर भएर कस्तो अवस्थामा एन्टीबायोटिक चलाउने भन्ने गाइडलाइन्स बनाएर सो अनुसार चल्नैपर्ने अन्यथा बिरामीलाई एन्टीबायोटिकले नै निको हुन नदिने र गम्भीर अवस्था निम्त्याउने अवस्था आउन सक्ने जिकीर गरे ।
नेपालमा एन्टीबायोटिक औषधिको आफूखुशी र जथाभावी प्रयोग बढ्दो छ। रुघाखोकी लाग्यो, ज्वरो आयो, केही संक्रमण भयो, केही सामान्य दुखाइ भएमा परीक्षण नै नगरी औषधि पसलमा गएर सिधै एन्टीबायोटिक किन्ने र खाने चलन बढी देखिन्छ । तर हामीले के कुरा हेक्का राखेका छैनौं भने कुनै पनि औषधिको सही तरिकाले र सही रोगमा प्रयोग गरे त्यसले फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत रोगमा र गलत तरिकाले गर्दा फाइदा भन्दा बेफाइदा बढी गर्छ । आफूखुशी जथाभावी औषधि खाँदा अहिले बिस्तारै एन्टीबायोटिकले काम गर्नै छोड्दैछ । एन्टीबायोटिकको दुरुपयोगले ब्याक्टेरिया औषधिभन्दा बलिया बन्दै गएका छन् ।
कुनै बेला पहिलोपटक पेनिसिलिन एन्टीबायोटिक आउँदा चिकित्सा विज्ञानले त्यसलाई एन्टीबायोटिकको स्वर्ण वर्ष भन्दै ब्याक्टेरियाको संक्रमणबाट धेरैलाई बचाउने वरदानका रुपमा लिएको एन्टीबायोटिक अहिले सही प्रयोग गर्न नसक्दा र जनचेतना फैलाउन नसक्दा कतै अभिशाप त हुने होइन धेरैको चिन्ताको विषय बन्न थालेको छ । विश्व स्वास्थ्य संगठनले पनि बारम्बार चेतावनी दिइरहेको छ, अनावश्यक रूपमा आफूखुसी एन्टीबायोटिक सेवन गर्दा ज्यानै जान सक्छ है भनेर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल भन्छन, ‘एन्टीबायोटिक आफूखुशी खान हुँदैन भन्ने कुरा बुझाउनै सकिएन ।’ अझ डरलाग्दो कुरा त चिकित्सकलाई पनि सबै र लेख्नै नपर्ने अवस्थामा एन्टीबायोटिक नलेख भन्न नसकिएको अवस्था छ उनले थपे । अब यसलाई तोड्न पर्छ । हामीमध्ये कतिजना मेरो परीक्षण गरेर मात्र एन्टीबायोटिक खान्छु भन्ने छौं त यो पनि बुझ्न पर्यो । सबै मिलेर काम नगरेसम्म यो समाधान हुन नसक्ने उनको भनाई छ ।
यसैगरी स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्राले एन्टीबायोटिकको दुरुपयोग डाक्टरबाटै धेरै भएको भन्दै नचाहिने अवस्थामा एन्टीबायोटिक प्रयोग गर्न नहुनेमा डाक्टरहरु एकवद्ध हुनुपर्ने बताइन । हामीले पनि गाइडलाइन्स बनाउनुपर्छ कुन अवस्थामा एन्टीबायोटिक दिने भनेर । हामी अनुशासनमा बस्यौं भने बिरामीले दुख पाउँदैनन । यो सँगै उनी बिरामी पनि सचेत हुनुपर्नेमा जोड दिन्छिन । मलाई डाक्टरले किन एन्टीबायोटिक दियो भनेर सोध्न पर्छ । परीक्षण गरेर एन्टीबायोटिक खान्छु भन्न सक्नुपर्छ उनले थपिन । अन्यथा यो ठूलो समस्या बन्नेवाला छ ।
यदि हामीले जथाभावी एन्टीबायोटिक प्रयोग गर्यौं भने बिस्तारै बिस्तारै एन्टीबायोटिकको ब्याक्टेरिया विरुद्ध लड्ने क्षमतामा कमी हुँदै गएर उपचारमा जटिलता आउने मात्र होइन, उपचार नै सम्भव नहुने सम्म हुनसक्छ । त्यसैले हामीले बुझनुपर्ने कुरा एन्टीबायोटिक भनेको सामान्य अवस्थामा खाइने औषधि होइन । यो चिकित्सकको परामर्शमा जाँच गरेपछि मात्र खानुपर्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको एक अध्ययन अनुसार २८ प्रतिशत बिरामीले अहिले पनि ‘ओभर द काउन्टर’ औषधि पसलमा एन्टीबायोटिक प्रेस्क्रीप्सन बिना नै किनेर खाने गरेका छन् । यसैगरी २२ प्रतिशत बिरामीले आफूले खाइरहेको एन्टीबायोटिकको डोज नै पूरा गर्दैनन् । सबैभन्दा डरलाग्दो कुरा नै यही हो । यसैगरी सो अध्ययन अनुसार नेपालमा ७० प्रतिशतले कडा खालको एन्टीबायोटिकको प्रयोग गर्छन । यसैगरी डाक्टरले प्रेस्क्राइब गरेका औषधि मध्ये ३८ प्रतिशत एन्टीबायोटिक हुने गरेको सो अध्ययनले देखाएको छ । जबकी यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकोभन्दा बढी हो । जथाभावी एन्टीबायोटिकको प्रयोगले ब्याक्टेरिया बलियो बन्दै गएको छ तसर्थ औषधिको प्रभावकारितामा पनि उतिकै ह्रास आएको देखिन्छ ।
कतिपय बिरामीले ५ दिनको कोर्ष भए पनि केही ठीक भएमा दुई दिनमै औषधि खाँदाखाँदै बीचमै छोड्ने गरेको पाइन्छ । यो बेला एन्टीबायोटिकले ब्याक्टेरियालाई पूर्णरुपमा मार्न सक्दैन र ब्याक्टेरिया त्यहीं नै हुन्छ र फेरि संक्रमण गराउँछ तर यो समय पुरानो एन्टीबायोटिकले काम गर्न सक्दैन । यो ब्याक्टेरियविरुद्ध औषधिले काम गर्न नसक्ने अवस्था नै रेसिस्टेन्स हो । त्यसैले एन्टीबायोटिकको कोर्ष पूरा गर्नैपर्छ बीचमा छाेडन मिल्दैन । औषधिको मात्रा पूरा नगरी बिचमै छोड्नु निकै घातक हुन्छ । यसरी आवश्यकभन्दा कम वा बढी मात्रामा एन्टीबायोटिक सेवन गर्दा वा यसको डोज पूरा नगर्दा वा नचाहिने अवस्थामा एन्टीबायोटिकको प्रयोग गरेमा ब्याक्टेरियाको औषधि प्रतिरोधी क्षमता बढेर औषधिले कामै नगर्नेसम्म हुन जान्छ । यसलाई नै ‘एन्टीमाइक्रोबियल रेरिसस्टेन्स’ भनिन्छ । यसको मतलब एन्टीबायोटिक भन्दा ब्याक्टेरिया बलियो भयो जसले गर्दा बिरामीमा एन्टीबायोटिकले काम गर्न छोड्छ, यसको परिणाममा रोगको उपचारमा समय लाग्ने, जटिलता आउने र ज्यानै बचाउन मुश्किल हुन थालेको छ । जुन गम्भीर विषय हो । यसबारे बेलैमा सोच्ने र काम गर्ने बेला आइसकेको छ ।
यदि हामीले जथाभावी एन्टीबायोटिक प्रयोग गर्यौं भने बिस्तारै बिस्तारै एन्टीबायोटिकको ब्याक्टेरिया विरुद्ध लड्ने क्षमतामा कमी हुँदै गएर उपचारमा जटिलता आउने मात्र होइन, उपचार नै सम्भव नहुने सम्म हुनसक्छ । त्यसैले हामीले बुझनुपर्ने कुरा एन्टीबायोटिक भनेको सामान्य अवस्थामा खाइने औषधि होइन । यो चिकित्सकको परामर्शमा जाँच गरेपछि मात्र खानुपर्छ । एकपटक यसको सेवन सुरु गरेपछि पूरा डोज खानैपर्छ । आफूखुशी औषधि पसलमा गएर एन्टीबायोटिक किन्नु र खानु दुबै घातक हुनसक्छ । अहिले धेरै प्रयोगशालामा बिरामीको नमुनामा ब्याक्टेरियामा एन्टिबायोटिक रेसिस्टेन्स छ छैन जाँच गर्ने सुविधा रहेको हुँदा शरीरमा एन्टीबायोटिक रेसिस्टेन्सकाे कस्तो अवस्थामा छ हेर्न सकिन्छ । यसो गरेमा भविष्यमा हुनसक्ने ‘एन्टीमाइक्रोबियल रेरिसस्टेन्स’ काे जटिलताबाट धेरै हदसम्म बच्न सकिन्छ । सरकारले पनि प्राथमिकताकासाथ एन्टीबायोटिकको जथाभावी प्रयोगलाई रोक्न अझ बढी सक्रियता देखाउनपर्ने बेला आएको छ ।
‘एन्टीमाइक्रोबियल रेसिस्टेन्स’ लाई अहिले विश्व स्वास्थ्य संगठनले विश्वको दसमध्ये एक जनस्वास्थ्य चुनौती भनेर उल्लेख गरेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य