रोग पहिचानका लागि प्याथोलोजी अनिवार्य
हेल्थ टिभी अनलाइन : कुनै पनि रोगको उपचार सुरु गर्नुभन्दा पहिले रोगको सही निदान हुन जरुरी हुन्छ । यदि रोग सही रुपमा पत्ता लागेन वा गुणस्तरमा ध्यान दिइएन भने रोगको उपचार गरेर मात्र हुँदैनत्यसले रोग निको बनाउने भन्दा पनि झन समस्या बल्झिन सक्छ । त्यसैले क्यान्सर रोग मात्र हैन हरेक रोगको निदान गर्ने भनेकै प्याथोलोजिस्टले हो । रोग पहिचानका लागि प्याथोलोजी अनिवार्य हुन्छ । चिकित्सकहरुले प्याथोलोजी रिपोर्ट बिना बिरामी उपचार र व्यवस्थापन गर्ने कुरै हुँदैन । चिकित्सा क्षेत्रमा प्याथोलोजी विभागको अत्यन्त महत्वपुर्ण भुमिका रहेको हुन्छ । त्यसैले कुनै पनि रोगको निश्चित डाइग्नोसिस गर्ने मुख्य काम प्याथोलोजीबाट हुने भएकाले कुनै पनि रोग लागेपछि त्यसको सही पहिचानका लागि प्याथोलोजी अन्गर्तत गुणस्तरीय प्रयोगशाला र दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने गर्छ । अब कुरा गरौं नेपाल क्यान्सर अस्पतालमा भएको प्याथोलोजी विभागको । हाम्रो अस्पताल क्यान्सरको विशिष्टीकृत अस्पताल भएकाले यहाँ हामीले क्यान्सर छ छैन्ए वम कुन र कस्तो खालको क्यान्सर हो भन्ने निदान गछौं । त्यो रिपोर्टका आधारमा डाक्टरले अब कस्तो उपचार गर्ने अगाडी के के जाँचहरु गर्ने भन्ने निर्णय लिनुहुन्छ । त्यसैले हामी रोग निदानमा निकै संवेदनशलि हुन्छौं ।
हामीले हाम्रो प्याथोलोजी विभागलाई विश्वस्तरीय सेवा दिने विभागका रुपमा खडा गरेका छौं । गुणस्तरीय सेवा दिनका लागि आधारस्तम्भ भएकाले यो विभागमा हामीले उच्चस्तरीय बनाउन कुनै कसर बाँकी राखेका छैनौं । रिपोर्ट कत्तिकाृ विश्वसनीय आउने भनेको त्यहाँ उपकरण कस्ता छन् तथा दक्ष स्वास्थ्यकर्मीि छन् छैनन भन्नेमा भर पर्छ । हामी सकेसम्म दोहोराएर कसैलाई पनि जाँच गर्न नपर्ने गरी काम गछौं । प्याथोलोजी विभाग पनि थरी थरीका हुन्छन्। तर हामीकहाँ आएको रिपोर्ट विश्वको जुनसुकै ल्याबमा पनि देखाउन सकिने र त्यसबाट आउने रिजल्टको गुणस्तरको ग्यारेन्टी हामी लिन्छौं । यसको मतलब हाम्रो प्याथोलोजी विभाग वल्र्ड स्ट्यान्डर्ड मेन्टेन गरेर बनाएका छौं । हामीसँग अत्याधुनिक विश्वस्तरका मेसिनहरू छन्। जसले सही समयमा सही रिपोर्ट दिन सहयोग गर्छन् । यसैगरी दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम नै छ ।
। हामीलाई थाहा नै छ रोगहरु पत्ता नलगाएरै उपचार गरेको वा गलत रिपोर्टका आधारमा उपचार गरेको कुनै मतलब नै हुँदैन। लक्षणका भरमा मात्र औषधि दिनु भनेको अध्यारोमा झटारो हानेर फल झार्छु भन्नु मात्र हो । जस्तै हाम्रो अस्पताल क्यान्सरको अस्पताल भएकाले यदि कसैलाई नन क्यान्सर ट्युमरलाई क्यान्सर हो भन्ने रिपोर्ट दिइयो भने के होलारु यसैगरी क्यान्सरको ट्युमरलाई नन क्यान्सर भन्ने रिपोर्ट आयो भने त्यसले बिरामीको ज्यान जोखिममा पार्न सक्छ । त्यसैले उपचार सुरु गर्नुभन्दा पहिले पत्ता लगाउन गरिने यो जाँचबारे हामी सतर्क हुनैपर्छ । बिरामी पनि कस्तो खालको ल्याब सेवा छ भन्ने कुराको हेक्का राख्न जरुरी हुन्छ । कतिपय बिरामीको लक्षण एक खालको हुन्छ तर वास्तममा रोग अर्कै हुनसक्छ । लक्षणकै आधारमा मात्र औषधि दिएमा उक्त बिरामीको रोग निको हुँदैन । त्यसका लागि सही निदान हुन जरुरी हुन्छ ।
नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार
गुणकारी फल अनार
अपांगता भएका महिलालाई प्रजनन स्वास्थ्य सेवा लिनै मुश्किल
काठमाडौंमा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालयद्धारा सतर्कता अपनाउन आग्रह
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज