के हो सुगर कम हुने अवस्था अर्थात हाइपोग्लासिमिया ?

हेल्थ टिभी अनलाइन : मानव शरीरमा सुगर कम हुने अवस्थालाई मेडिकल भाषामा हाइपोग्लासिमिया भनिन्छ । यो विभिन्न कारणले हुनसक्छ । खासगरी मधुमेह भएका बिरामीले ध्यान नदिंदा सुगर कम हुने अवस्था अर्थात ‘हाइपोग्लासिमिया’ हुने गर्छ । यो अवस्था भनेको बिरामीको शरीरमा सुगर लेबल कम हुनु हो । सुगर अर्थात ग्लुकोज हाम्रो शरीरको मुख्य उर्जाको स्रोत हो । त्यसैले यसको कमी हुँदा समस्याहरु देखिन थाल्छन्।
यसरी सुगर कम हुँदा बिरामीलाई चिटचिट पसिना आउने, कमजोर हुने, वान्ता हुने तथा वेहोस हुने गर्छन । यस्तो अवस्थामा समयमै समस्या पत्ता लागेन भने बिरामी कोमामा जाने तथा ज्यानै समेत जान सक्छ । यस्तो खालको अवस्थाकाबारेमा प्रत्येक बिरामीले जानकारी लिनै पर्छ ।
यदि मधुमेह भएका बिरामीले चिकित्सक तथा डाइटिसियनको सल्लाह बमोसजम औषधिको मात्रा मिलाएनन्, खानपानको रुटिन मिलेन वा लिइरहेको इन्सुलिनको मात्रा बढी भयो भने यस्तो अवस्था आउनसक्छ । साथै खाली पेटमा शारीरिक व्यायाम गर्दा तथा व्रत बस्दा पनि यस्तो अवस्था आउन सक्छ । यस्तो अवस्था आउनै नदिन पलिे नै यसबारे जानकारी लिएर सोही बमोजिम क्रियाकलाप गर्नुपर्ने हुन्छ ।
यस्तो अवस्था आइहालेमा बिरामीले वा बिरामीसँग भएका जोकोहीले ग्लुकोज ३ देखि ४ चम्चा खानका लागि दिइहाल्नुपर्छ । यसले तुरुनत सुगर बढाउन मद्दत गर्छ । ग्लुकोज खाँदा तुरुन्त शरीरलाई चाहिने सुगर मिल्छ र बिरामीलाई राहत महशुस हुन्छ । एकपटक यसरी ग्लुकोज खाइसकेपछि पनि सहज भएन भने आधाघण्टा पछि फेरि ३ देखि ४ चम्चा ग्लुकोज खान सकिन्छ । यसका लागि बिरामीले आफूसँग ग्लुकोज लिएर हिंड्न पर्ने हुन्छ । केही व्यक्तिहरुले यो बेला चकलेट खाएको पनि देखिन्छ । ग्लुकोज नभएको अवस्थामा यो ठिकै हुन्छ । तर ग्लुकोज भेटिएसम्म यो नै उत्तम मानिन्छ । ग्लुकोज पानी उपलब्ध भए पानीमा हालेर खान पनि सकिन्छ । पानी छैन् भने यत्तिकै पनि धुलो मा खान सकिन्छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै