सूर्तीजन्य पदार्थको कर बढ्यो
काठमाडौं-सरकारले सूर्तीजन्य पदार्थको कर बढाएको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट भाषण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले चुरोट र सुर्तीजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन । उनले आजैका मितीदेखि चुरोटका प्रत्येक खिल्लीमा २५ पैसा स्वास्थ्य जोखिम कर लगाएको पनि जानकारी दिए । हालसम्म सूर्तीजन्य पदार्थमा २८ प्रतिशत कर लाग्दै आएको छ । यो अन्य देशको तुलनामा अत्यन्त कम मानिन्छ । सूर्तीजन्य पदार्थमा लगाइएको यो कर सकारात्मक भए पनि यसको कर अझै बढाउनुपर्ने सरोकारवालाको भनाई छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो