चिसो मौसममा देखिने समस्या र बच्ने उपाय
काठमाडौं लगायत देशका सबै भागमा चिसो बढिरहेको छ। चिसो बढेसँगै हाम्रो अस्पतालमा बिरामीको पनि घुइँचो लाग्छ। अहिले अस्पतालमा रुघाखोकी, ज्वरो, घाँटी दुख्ने र दमको समस्या लिएर आउनेको संख्या बढी छ। चिसोका कारण हुने बान्ता र झाडापखालाका बिरामी पनि आइरहेका छन्।
अर्को कुरा चिसोमा हामी अलि लापरवाही पनि गर्छौँ। सरसफाइमा पनि त्यति ध्यान दिँदैनौँ। खानेकुरा पच्छ भन्दै हामी जे पनि खान्छौँ, जति पनि खान्छौँ। अर्को कुरा जाडोका कारण धेरैले पानी पिउन बिर्सन्छन् वा त्यति आवश्यक ठान्दैनन्। यसकारण पनि चिसोमा समस्या आउँछ।
बालबालिका र वृद्धवृद्धासँग रोगसँग लड्ने क्षमता कम हुने भएकाले यो मौसममा उनीहरू बढी प्रभावित हुन्छन्। चिसो बढेसँगै विभिन्न समस्याले पनि सताउँछ। बालबालिका र वृद्धवृद्धा बढी मारमा पर्छन्। त्यसैले पनि यो मौसमम बालबालिका एवं वृद्धवृद्धाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ।
चिसो मौसममा फ्लु एवं इन्फ्लुयन्जा भाइरस बढी सक्रिय हुने गर्छन्। रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिलाई यस्ता भाइरसले छिटो आक्रमण गर्छन्।
चिसोबाट हुने समस्याबाट बच्न यी उपाय अपनाउनु राम्रो हुन्छ–
न्यानो लुगा लगाउने
झोलिलो खानेकुरा प्रशस्त खाने
मनतातो पानी प्रशस्त पिउने
सरफाइमा ध्यान दिने
धुलो, धुवाँजस्ता प्रदूषणबाट बच्ने
भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने
धेरै चिसोको समय बाहिर ननिस्कने, घरमै आराम गर्ने
शारीरिक व्यायाम गर्न नछाड्ने।
टेकु अस्पतालका डा. सन्ताेष आनन्द झासँगको कुराकानीमा आधारित




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य