मुटुदेखि मस्तिष्क स्वस्थ राख्न खानुस् माछा
माछा मुटुरोगीका लागि निकै फाइदाजक हुन्छ। माछा लो फ्याट, अधिक प्रोटिन, ओमेगा–३ फ्याटी एसिडसमेत केही पोषक तत्त्वले भरपुर खाद्यपदार्थ हो। यसका साथै माछामा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पाइन्छ। माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउँछ।
माछा सजिलै उपलब्ध हुने खानेकुरा पनि हो। कैयौँ दिन सुरक्षित राख्न हानिकारक रसायन प्रयोग गरिएको माछा सेवन गर्नुहुँदैन। बाहिरबाट आयातीत माछा भण्डारण गर्न ‘फर्मालिन’ नामक विषादी प्रयोग गरिएको हुन्छ। यस्ता विषादीको कारण माछा सेवन फाइदा भन्दा बढी बेफाइदाजनक हुनसक्छ।
यसैगरी प्याकेटमा बन्द माछा वा फ्रोजन माछा पनि उपयोगी हुँदैन। माछा सकेसम्म ताजा नै प्रयोग गर्नुपर्छ।
मुटुका लागि
मुटुका रोगीलाई माछा निकै उपयोगी हुन्छ। माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउँछ। यसमा लो फ्याट हुन्छ जसले शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ।
मस्तिष्कका लागि
खासगरी पढ्ने बालबालिकाको लागि यो उपयोगी खान्गी हो। माछामा रहेको पोषक तत्त्वले मस्तिष्कलाई फाइदा पुर्याउँछ। यसमा हुने फ्याटी एसिडले दिमागलाई तेज बनाउँछ र स्मरण शक्ति बढाउँछ।
क्यान्सरबाट बचाउँछ
नियमित रुपले माछा सेवन गर्दा क्यान्सरको खतरा पनि कम हुन्छ। माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले क्यान्सरको कोसिका बढ्न दिँदैन। माछा सेवनले ब्रेस्ट क्यान्सर, प्रोस्टेट क्यान्सरको जोखिम कम गर्छ।
उच्च रक्तचाप नियन्त्रण
माछामा भएकाे लो फ्याटका कारण उच्च रक्तचापको समस्या कम गराउन पनि सहयाेगी हुन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य