अप्राकृतिक र असुरक्षित यौनसम्बन्धले हुन्छ गोनोरिया
गोनोरिया एक प्रकारको यौन रोग हो। मैथुनबाट यो एक व्यक्तिबाट अर्कोमा सर्छ। ‘ब्याक्टेरियम’ गोनोरी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्छ। गोनोरिया पुरुष र महिला दुवैमा हुन्छ।
असुरक्षित यौनसम्पर्क गरेको ८ देखि १० दिनमा गोनोरियाका लक्षण देखापर्न थाल्छन्। कतिपयमा भने यो रोगका लक्षण देखापर्दैन।
गोनोरिया हुँँदा समान्यतया योनिबाट पिसाबसँगै पिप वा तरल पदार्थ निस्कन्छ। एकदमै थोरै प्रतिशत महिलामा तल्लो पेट दुख्ने तथा यौनसम्पर्क गर्दा पीडा महसुस हुनेजस्ता लक्षण देखिन्छन् ।
पुरुषमा वीर्यवाहिनी नली सुन्निने, पिसाब पोल्ने र लिंगबाट पिप वा तरल पदार्थ निस्किने समस्या हुन्छ। संक्रमित व्यक्तिसँग मुखमैथुन गर्दा घाँटी वा मुखमा गोनोरिया हुन सक्छ। जसले गर्दा घाँटी दुख्ने समस्या देखापर्छ ।
गोनोरिया बिस्तारै जटिल अवस्थामा पुगेमा थकान महसुस हुने, छालामा संक्रमण भएर घाउ हुने र जोर्नीमा संक्रमण हुनेजस्ता समस्या देखिन्छन् ।
रोकथाम र उपचार
असुरक्षित यौनसम्पर्क गर्नुहुँदैन। एक जनासँग मात्र यौनसम्बन्ध कायम राख्नुपर्छ।
चिकित्सकको सल्लाहमा नियमित तोकिएको औषधि सेवन गर्ने हो भने गोनोरिया सजिलै निको हुन्छ ।
पूर्ण रूपमा रोग निको नहुन्जेल यौनसम्बन्ध नराख्नु नै बेस हुन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य