किन हुन्छ बालबालिकामा कुपोषण?
शरीरलाई आवश्यक खाना र पोषक तत्त्वको कमीले बालबालिकाको शरीर कमजोर हुन्छ। यसका कारण बच्चा दुब्लो पातलो हुनुका साथै उनीहरूलाई रोगले चाँडै समात्न सक्छ।
कतिपय बच्चामा विभिन्न रोगको संक्रमणका कारण कुपोषण हुन्छ। बालबालिकाको नियमित स्वास्थ्य परीक्षण नगराउँदा र सरसफाइमा ध्यान नदिँदा उनीहरू कुपोषित हुन्छन्।
खासगरी, विकटक्षेत्र तथा स्वास्थ्यसम्बन्धी कम चेतना भएका ग्रामीण भेगका बालबालिका रोग तथा संक्रमणबाट बढी प्रभावित भएको पाइन्छ ।
अभिभावकमा पोषणसम्बन्धी ज्ञान नहुँदा धेरैजसो बालबालिकालाई कुपोषणको खतरा हुन्छ। बच्चाहरूलाई जंकफुड, फास्टफुड आदि बढी खुवाउने प्रवृत्ति तथा पोषणका नाममा बाँडिने प्याकेटको खानेकुराले समेत कुपोषण बढाउँछ ।
रोकथाम र उपचार
कुपोषण हुन नदिन बालबालिकालाई अामाले पर्याप्त स्तनपान गराउन जरुरी छ। स्तनपानले साना बच्चाको पोषणमा ठूलो सहयोग पुर्याउँछ ।
बच्चालाई नियमित ताजा फलफूल, हरियो सागसब्जी र प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्छ। गाउँघरमा पाइने सागसब्जी, गेडागुडी, दुध दही,मकै भटमास जस्ता खानेकुरा नियिमत खानामा समावेश गराउन सकिन्छ । याे महंगाे पनि छैन र पाैषिटक पनि छ ।
बच्चाहरूलाई बजारमा पाइने जंकफुड, फास्टफुड र प्याकेटको खानेकुरा दिन हुँदैन। विज्ञापनकाे पछि लागेर यस्ता खानेकुरा दिंदा बच्चाकाे स्वास्थ्यमा सिधै असर पर्छ ।
वेलावेलामा बच्चाको स्वास्थ्य परीक्षण गराउन आवश्यक छ। चिकित्सकका अनुसार कुपोषण सुरुवाती चरणमै भए पौष्टिक खाना खुवाएरै निको पार्न सकिन्छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड