जलवायु परिवर्तन र एएमआर सम्बन्धी भिडियो प्रतियोगिता

हेल्थ टिभी अनलाइन : जलवायु परिवर्तनले एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) लाई कसरी बढाइरहेको छ भन्ने विषयमा भिडियो प्रतियोगिता हुने भएको छ । प्रोजेक्ट पल्सले २ देखि ५ मिनेटसम्मको जलवायु परिवर्तन र एएमआरसम्बन्धी सचेतनामूलक भिडियोको लागि निवेदन आव्हान गरेको छ ।
निवेदन दिने अन्तिम मिति यही मे २५ सम्म रहेको छ । भिडियो प्रतियोगिताका लागि डकुमेन्ट्री, एनिमेसन, जनचेतनामूलक भिडियो, लघु चलचित्र मार्फत वास्तविक कथा तथा तथ्यांक तथा समाधान प्रस्तुत गर्न सकिने बताइएको छ । भिडियो प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यसैगरी थप १० उत्कृष्ट भिडियो बनाउनेलाई प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
एएमआरको बढ्दो जोखिमलाई हेरेर आम जनमानसमा सचेतनाका लागि यो भिडियो प्रतियोगिता राखिएको आयोजकको भनाई छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति