Health TV Online
Health TV Online

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’

हेल्थ टिभी अनलाइन \काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइल्ड खालको हार्ट अट्याक भएको छ । बीआरआई शिखर सम्मेलनमा भाग लिन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई बुधबार माइल्ड खालको हार्ट अट्याक भएको बताइएको छ ।

छातीमा दुखाई भएपछि श्रेष्ठ बेइजिङस्थित अस्पतालमा भर्ना भएका थिए। परीक्षणका क्रममा उनलाई माइल्ड हार्टअट्याक भएको पत्ता लागेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

अहिले उनी खतरामुक्त रहेको र केही समय अस्पतालमै रहने पनि बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना