पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण
८२३ जना कोरोना जितेर डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १३५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
गत २४ घण्टामा ८२३ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । आज डिस्चार्ज भएका संक्रमितसँगै हालसम्म ४८ हजार ६१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगको छ । हाल देशभर १८ हजार १४२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति