कोरोना संक्रमित आइओएमका पूर्व डीन अग्रवालले भने, अब कोरोनासँगै जीउन सिक्नुपर्छ

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका पूर्व डीन प्राडा जगदीश अग्रवाल यतिबेला कोरोना संक्रमण भएर महाराजगञ्जस्थित शिक्षण अस्पतालको आइसोलेसनमा रहेका छन्।
१० दिनअघि कोरोना पुष्टि भएका उनी खोकी लागिरहने समस्या कम नभएपछि तीन दिन अघि मात्र अस्पताल भर्ना भएका हुन्। डा अग्रवालले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘कोरोना संक्रमण जोसुकैलाई पनि हुनसक्छ त्यसमा म पनि परें । अब हामी योसँगै जीउन सिक्नुको विकल्प छैन्।’ उनले आफूलाई १० दिनअघि कोरोना संक्रमण भएको भए पनि खासै स्वास्थ्य समस्या नभएकाले होम आइसोलेसनमा बसेको तर केही दिनदेखि खोकी लागिरहने समस्या भएपछि अस्पताल भर्ना भएको जनाएका छन्। उनले कोरोना संक्रमण हुँदैमा आत्तिन नहुने भन्दै आफू अब दुई चार दिनमै कोरोना जितेर काममा फर्किने बताए ।
उनले आफू मेडिकल काउन्सिलले लिने मेडिकल विद्यार्थीहरुको परीक्षाको तयारीको सम्दर्भमा मिटिङमा जाने क्रममा संक्रमणमा परेको जनाएका छन्। उनले भने, ‘म आफनो काममा जाँदा कोरोना संक्रमणबाट बच्ने उपाय अपनाउँदा पनि संक्रमणमा परें । तपाइँ पनि पर्न सक्नुहुन्छ यो अब नौलो कुरा रहेन ।’ त्यसैले आफूले यसबाट बच्न सक्दो प्रयास गर्दै कामलाई निरन्तरता दिन जरुरी छ । यसबाट डराएर भाग्न हुँदैन ।
उनमा संक्रमण देखिएपछि उनकी श्रीमती डा ज्योती अग्रवाल लगायत परिवारका अन्य सदस्यको पनि परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको पनि डा अग्रवालले जनाएका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति