भरतपुर अस्पतालमा ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर अस्पतालमा ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । चितवन जिल्ला राप्ती नगरपालिका -९ की ३५ वर्षीया महिलाको आज साँझ ५ : १० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
खोकी र श्वासप्रश्वासमा समस्या भएर भदौ १४ गते मेडिकल आइसीयूमा भर्ना भएकी उनमा १७ गते कोरोना पुष्टि भएको थियो । मिर्गौला रोगी समेत रहेकी उनलाई कोरोना देखिएपछि कोभिड आइसीयूमा राखेर उपचार गरिएको भए पनि उनको अवस्था झनै जटिल बन्दै गएर आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा मन्त्रालयले आज ४ बजेसम्मको तथ्यांक प्रस्तुत गर्दै २५७ जनाको कोरोनाबाट ज्यान गएको जनाएको थियो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति