Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तिलगंगा आँखा प्रतिष्ठानले पायो विश्व स्वास्थ्य संगठनको ‘समन्वय केन्द्र’को मान्यता

तिलगंगा आँखा प्रतिष्ठानले पायो विश्व स्वास्थ्य संगठनको ‘समन्वय केन्द्र’को मान्यता

काठमाडौं : आँखा स्वास्थ्यकाे क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेकाे भन्दै  तिलगंगा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रको मान्यता पाएको छ। सोमबार तिलगंगा आँखा प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवको अवसरमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोस भेन्डिलियरले अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङलाई सो प्रमाणपत्र प्रदान गरे।

मान्यता दिने क्रममा संगठनले तीन वटा क्षेत्रमा मूल्यांकन गरेको थियो। पहिलो आँखा स्वास्थ्यमा दिएको सेवा, दोस्रो प्रतिष्ठानले नियमित चलाएका शैक्षिक कार्यक्रम र जनशक्ति उत्पादन तेस्रो प्रतिष्ठानले गरेका अनुसन्धान रहेका थिए।  तीनै क्षेत्रमा उत्कृष्ट भएपछि प्रतिष्ठानले समन्वय केन्द्रको मान्यता पाएको हो।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आँखा स्वास्थ्यकाे क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै प्रतिष्ठानले पाएको मान्यता नेपालीका लागि गर्वको विषय भएको बताए। ‘अझै प्रतिष्ठानका लागि के कस्ता सहयोग चाहिन्छ?’, उनले भने, ‘ सरकार गर्न तयार छ।’

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले प्रतिष्ठानले आँखा स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्छ भनेर काम गरिहेको बताए। उनले आफ्नो संस्थाले अन्तर्राष्ट्रिय समन्वय केन्द्रको मान्यता पाउनुमा सबैको मेहेनत रहेको बताए। रुइतले आँखा स्वास्थ्यमा प्रतिष्ठानले देशमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा सेवा दिइरहेको समेत जानकारी दिए।

तिलगंगा आँखा प्रतिष्ठान विश्व स्वास्थ्य संगठनको आँखाको क्षेत्रमा समन्वय केन्द्रको मान्यता पाउने नेपालको पहिलाे केन्द्र बनेको छ।

हालसम्म  विश्वभरका ८० मुलुकका उत्कृष्ट सेवा प्रदान गरेका ८०० संस्थाले मात्र विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रको मान्यता पाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन