Health TV Online
Health TV Online

चिकित्सा शिक्षा अध्यादेशमा सहमति नजुटेपछि संसद् बैठक स्थगन

चिकित्सा शिक्षा अध्यादेशमा  सहमति नजुटेपछि संसद् बैठक स्थगन

काठमाडौं : चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगन भएको छ।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले असहमति जनाएपछि बैठक सूचना टाँसेर स्थगन गरिएकाे हाे। आइतबारको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पेश गर्ने मूल कार्यसूची थियो।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्न लाग्न भएको विधेयक सरकारले आफूखुसी संशोधन गरेर ल्याउन लागेको भन्दै विपक्षी कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।

शून्य र विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगन भएकाे घाेषणा गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार