कोरोनाबाट बढी प्रभावित देशहरुको सूचीमा भारत चौंथो स्थानमा

कोरोनाबाट बढी प्रभावित देशहरुको सूचीमा भारत चौंथो स्थानमा

हेल्थ टिभी अनलाइन: कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिस संक्रमित हुने देशहरुको सूचीमा भारत चौंथो स्थानमा उक्लिएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार ९ सय ९३ पुगेको छ ।

यसैगरी भारतमा हालसम्म ८ हजार ८ सय ८४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्रै ११ हजार ४ सय ५८ संक्रमित थपिएका छन्। भारतमा एकैदिन देखिएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेैरै भएको त्यहाँको मन्त्रालयले जनाएको छ ।  कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ३८६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना उपचार गरी निको भएर घर फर्किनेको संख्या १ लाख ५४ हजार भन्दा बढी रहेको छ ।

भारत कोरोनाको सबैभन्दा बढी प्रभावित हुने देशहरुमा चौथों नंम्बरमा रहेको छ । अमेरिका, ब्राजिल, रुस पछि भारतमा धेरै संक्रमित देखिएका छन्। भारतमा लगातार ९ दिनदेखि १० हजारका दरले दैनिक रुपमा संक्रमित बढिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

६ वर्षीय बालकसहित गण्डकी प्रदेशमा थप ५ जना संक्रमित थपिए

६ वर्षीय बालकसहित गण्डकी प्रदेशमा थप ५ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार बिहान पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालक, १७ वर्षीय किशोरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ का १ जना युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय अर्का युवकमा समेत कोरोनाको संक्रमण देखिएको छ ।

साथै गण्डकी प्रदेश, नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षे पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरुलाई जिल्ला स्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाजुरामा क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

बाजुरामा  क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

शेर भण्डारी\ डडेल्धुरा: बाजुरामा १ व्यक्तिले क्वारेन्टाइनमै आत्महत्या गरेका छन्।
जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यबादी माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा १ व्यक्तिले आत्महत्या गरेका हुन्।

यसरी आत्महत्या गर्नेमा बडिमालिका नगरपालिका माझिगाउँका ४५ वर्षीय भुपेन्द्र दमाई रहेका छन् । उनी २ दिन अगाडी मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

साँझ ८ः३० बजेतिर डोरीको पासो लगाएर झुन्डीएको अबस्थामा उनी फेला परेका थिए। दमाई जेठ २७ गते गौरीफन्टा नाका भएर २८ गते बाजुरा पुगेका थिए। ४ बर्ष भारतमा बसेर २ दिन अघि मात्रै उनी नेपाल आएको बताइएको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आज थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

आज थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । मन्त्रालयका अनुसार  संक्रमित मध्ये ४७०९  पुरुष र ३५३ महिला रहेका छन्।  मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५८ हजार ५० रहेकाे छ ।

आइसोलेसनमा रहने संक्रमितको संख्या ४ हजार ७ सय ९ जना रहेकाे छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ह्याम्स अस्पतालमा उपचाररत संक्रमित निको भएर डिस्चार्ज भए

ह्याम्स अस्पतालमा उपचाररत संक्रमित निको भएर डिस्चार्ज भए

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत कोरोना संक्रमित आज निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

पोखराका ६० वर्षीय संक्रमितलाई अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । जेठ २० गते पोखरामा बेहोस भएर हेलिकोप्टर रेस्क्यु गरेर ह्याम्समा ल्याइएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले पोखराका संक्रमितको दुईपटकसम्म परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइसकेको छ र कोरोना पनि नेगेटिभ भइसकेकोले त्यसैले आज डिस्चार्ज गर्न सफल भयौं।’

डा शर्माले भने, ‘नेपालमा कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार गरी सफल भएको सायद यो नै पहिलो केस होला । उहाँ सिरियस अवस्थामा आउनु भएको थियो । हामीले निको बनाएर पठाएका छौं ।’

स्वास्थ्य मन्त्रालयको निर्देशिका बमोजिम कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भएपछि सरकारले तोकेको अस्पतालमा गएर उपचार गर्नुपर्नेछ । तर ह्याम्स अस्पतालका संक्रमितले आफू त्यही अस्पतालमा उपचार गर्ने भनेपछि संक्रमितको त्यहीं उपचार गरिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर झण्डै ७६ लाख मानिसमा कोरोना संक्रमण

विश्वभर झण्डै ७६ लाख मानिसमा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  विश्वभर हालसम्म झण्डै ७६ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ । जसमा आधा भन्दा बढी मानिस निको भएका छन्। वर्ल्डोमीटरका अनुसार विश्वमा हालसम्म ७५ लाख ९७ हजार ३ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा मात्रै १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ९ सय ४६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर ४ लाख २३ हजार भन्दा बढी मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी संक्रमित भएर उपचारपछि निको हुनेको संख्या नै ३८ लाख ३५ हजार रहेको छ। अहिलेसम्म सबैभन्दा बढी प्रभवित अमेरिका भएको छ । अमेरिकामा मात्रै झण्डै २१ लाख मानिसमा संक्रमण देखिएको छ । १ लाख १६ हजार बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस संक्रमण २१३ देशमा फैलिएको भए पनि सबैभन्दा बढी संक्रमित ८ वटा देशमा देखिएका छन्। अमेरिका, ब्राजील, रूस, स्पेन, यूके, इटली, भारत, पेरू मा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गण्डकी प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा आज थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै पर्वत, स्याङ्जा, तनहुँ र पूर्वी नवलपरासीमा गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार पर्वतमा १३, स्याङ्जामा २२ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक\एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

आज पुष्टि भएका संक्रमितहरु सबै पुरुष भएको पनि उनले जनाएका छन्। उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार, २४ घण्टामा जम्मा ५ हजार १९४ परीक्षण

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार, २४ घण्टामा जम्मा ५ हजार १९४ परीक्षण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  गत १४ घण्टामा सरकारले ५ हजार १ सय ९४ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालाबाट आज ५ हजार १ सय ९४ जनाको कोरोना परीक्षण गरिएको बताएका हुन्।

उनका अनुसार हालसम्म पीसीआर विधिमार्फत १ लाख १५ हजार ९३० जनाको कोरोना परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिमार्फत १ लाख ७८ हजार १४३ जनाको परीक्षण गरिएको उनले जानकारी दिए । तर उता कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ पुगेको छ । देशभरका २१ स्थानबाट पीसीआर परीक्षण शुरु गरिएको भए पनि समयमै परीक्षण हुन नसक्दा धेरै नमुना होल्ड हुँदै आएको छ ।

मन्त्रालयका अनुसार आइसोलेसन सेन्टरमा रही उपचार गराइरहेका संक्रमितको संख्या ३ हजार ७ सय ३८ रहेको छ । यसैगरी आज कोरोना जितेर घर फर्किनेको संख्या १८७ रहेको मन्त्रालयले जनाएको छ । योसँगै आजसम्म कोरोना जितेर घर जानेको संख्या ८६१ पुगेको छ । जसमध्ये ७७४ जना पुरुष र ८७ जना महिला रहेका छन्।

नेपालमा कोरोना संक्रमणका कारण १५ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आज २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

आज २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार ४ हजार २ सय ८५ जना पुरुष र ३ सय २८ महिला रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना संक्रमण

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बाँके र रोल्पा जिल्ला गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा रोल्पा सुनिल स्मृतिका १४ जना, बाँके कोहलपुरका १ जना, बाँके राप्तीसोनारीका ६ जना, यसैगरी बाँकेकै खजुरा २ र ७ का १\१ जनामा कोरोना देखिएको हो । आज संक्रमण पुष्टि हुनेमा बाँके वैजनाथ गाउँपालिकाका पनि ४ जना रहेका छन्।

उनीहरु सबै सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘परीक्षणको दायरा नबढाए सुदूरपश्चिम क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गर्न कम्तिमा १ वर्ष लाग्छ’

‘परीक्षणको दायरा नबढाए सुदूरपश्चिम क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गर्न  कम्तिमा १ वर्ष लाग्छ’

सुदूरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म सुदूरपश्चिममा विभिन्न क्वारेन्टाइनमा रहनेको संख्या ६४ हजार भन्दा बढी रहेको छ । यो संख्या अन्य प्रदेशको भन्दा निकै धेरै हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा कसरी काम भइहरेको छ र यसका साथै क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन, परीक्षण र संक्रमितको उपचारका विषयमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी:

सुदूरपश्चिम कोरोनाको उच्च जोखिम भएको प्रदेशको रुपमा लिइन्छ । कोरोना रोकथामका लागि कसरी काम गरिरहनु भएको छ ?

सुदूपश्चिम कोरोनाको उच्च जोखिममा रहेको प्रदेश हो । भारतसँग सिमा जोडिएकाले पनि यो प्रदेश अति नै जोखिममा छ । अहिले देशमा सबैभन्दा बढी संख्यामा क्वारेन्टाइनमा रहनेको संख्या पनि सुदूरपश्चिममा बढी छ । हाम्रो प्रदेशमा ६४ हजार भन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन। अझै भारतबाट काम गुमाएर घर फर्किनेको संख्या बढ्दो छ । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा निकै गाह्रो छ। तर पनि आफनो स्तरबाट प्रयास गरिरहेका छौं । यसमा स्थानीय सरकारसँग मिलेर क्वारेन्टाइन,आइसोलेसन बनाउनेदेखि व्यवस्थापनको काम गरिरहेका छौं। तर केन्द्रबाटै स्पष्ट निर्देशिका नबेसम्म काम गर्न निकै गाह्रो छ ।

सुदूरपश्चिममा कोरोना परीक्षण कसरी भइरहेको छ ?

परीक्षण गर्नुपर्ने संख्या असाध्यै धेरै छ । तर हाम्रो क्षमताका कारण कछुवाको गतिमा मात्र परीक्षण भएको छ । क्वारेन्टाइनमा रहेका ६४ हजार भन्दा बढीकोे कोरोना परीक्षण कसरी गर्ने हो खै म त अलमलमा परेको छु । सेती प्रादेशिक अस्पतालमा भएको एउटा पीसीआर मेशिनबाट दैनिक बढीमा १५० देखि २५० जनाको मात्र परीक्षण गर्न सकिन्छ । तर दैनिक रुपमा १ हजार भन्दा बढी स्वाब संकलन भइरहेको छ । कसरी व्यवस्थापन गर्ने निकै समस्या छ क्वारेन्टाइनमा यति धेरै संख्या भएपछि परीक्षण क्षमता बढाउन सरकारले केही गर्नुपर्ने हो । अहिलेसम्म सुदूरपश्चिममा १६४ जनामा कोरोना पुष्टि भएको छ । २ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिममा अहिले एक मात्र सेती  अस्पतालमा पीसीआर परीक्षण ल्याब छ । हालसम्म पीसीआर विधिमार्फत ९९५४  र ४४ हजार ८ सय ८८ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ ।

५ दिनका लागि स्वाब संकलन रोक्ने भनेर सूचना जारी गरिएको थियो ? फेरी शुरु भयो की स्वाब संकलन ?

हो, हामीले स्वाब संकलन धेरै नै हुन थालेपछि कम्तीमा ५ दिनका लागि स्वाब सकंलन रोकेर जम्मा भएका स्वाब परीक्षण गर्ने भनेर सूचना त जारी गर्यौं तर स्वाब संकलन गर्न रोक्न सकिएन । अहिले नै १६ सय ४० वटा स्वाब स्टोरमा छन्।  भण्डारण क्षमता प्रयाप्त नभएका कारण पनि हामीले केही दिन स्वाब संकलन रोक्न पत्र पठाएका हौं । एक त परीक्षण क्षमता कम त्यसमा जनशक्तिको पनि कमी छ । त्यसैले चाहेर पनि धेरै परीक्षण हुन सकेको छैन्। क्वारेन्टाइमा भएकाहरुले परीक्षण भएन भनेर झगडा गर्न थालेका छन्। कतिपय क्वारेन्टाइनमा त नाराबाजी समेत गरेका छन्। अब हामीले कसरी बुझाउने यो कुरा निकै गाह्रो छ काम गर्न।

केन्द्रिय सरकारसँग समन्वय भइरहेको छ होला नि ?

समन्वय त भइरहेको छ तर सरकारले स्पष्ट निर्देशिका नबनाउँदा अप्ठेरो परेको छ । क्वारेन्टाइनमा रहेकाको व्यवस्थापन कसरी गर्ने । परीक्षण कसरी गर्ने कुन परीक्षण गर्ने यी सबैको विषयमा सरकारले शुरुदेखि नै स्पष्ट नीति नबनाउँदा हामीलाई गाउँघरमा गएर काम गर्न निकै गाह्रो भएको छ । सबै जना हामीसँग झगडा गर्न आउँछन। अब क्वारेन्टाइनमा बसेका सबै जना पीसीआर परीक्ष्णको माग गर्दै नारा जुलुसमा उत्रिन थालेका छन्। उनीहरुलाई हामी पीसीआर त कुरै छोडौं आरडीटी परीक्षण सम्म पनि गर्न सक्ने अवस्थामा छैनौं । परीक्षण गर्न शुरु गर्न पाएको हँदैन कहिले किट सकिन्छ त कहिले के हुँदैन । प्रयाप्त आरडीटी किट सम्म नहुँदा समस्या भएको छ । अर्को कुरा क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्न निकै गाह्रो छ । अब उनीहरु पीसीआर गदिर्एन भनेर विरोधमै आउन थालेका छन्। सबैको आरडीटी गरेर पोजेटिभ रिपोर्ट आएकाको मात्र पीसीआर परक्ष्णि गर्न सकेमा उनीहरु ढुक्क हुने अवस्था हुन्थ्यो । त्यो पनि गर्न सकिएको छैन्। अब सुदूर पश्चिममा मात्रै क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण गर्ने हो भने १ वर्ष सम्म परीक्षण गर्दा पनि सकिंंदैन । यो कुरा  स्वास्थ्य मन्त्रालयले बुझ्न जरुरी छ । यो मैले धेरैपटक जानकारी पनि गराएको छु ।

क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था कसरी गरिरहनु भएको छ ?

अहिलेका अधिंकांश क्वारेन्टाइन विद्यालयमा बनाइएका छन्। धेरैको मापदण्ड नै पुगेका छैनन्। संख्या बढी हुँदा व्यवस्थापनमा पनि समस्या भएको छ । उनीहरुको खान बस्नमै समस्या भइहरेको छ । अर्को कुरा कोरोना संक्रमण देखिने वित्तिकै अस्पताल लैजाने भनेर शुरुमा भनियो तर यसले पनि समस्या बनाएको छ । सेती प्रादेशिक अस्पतालमा जम्मा २४ वटा आइासोलेसन बेड छन्। संख्या बढी भएमा कहाँ कसरी राख्ने भन्ने चिन्ता हुन्छ । अब क्वारेन्टाइनलाई नै आइसोलेसनमा स्तरोन्नती गरेर व्यवस्थित बनाएर त्यहीँ राख्न जरुरी छ । संक्रमित बढ्दै जाँदा सबै संक्रमितलाई अस्पतालमा राख्नै सकिंदैन्। लक्षण भएमा र संक्रमितलाई गाह्रो भए मात्र अस्पताल लैजानपर्छ । सुदूरपश्चिममा अझै यो समस्या बढ्ने देखिन्छ । भारतबाट रोजगारी गुमाएर नेपाल फर्किनेको संख्या बढिरहेका बेला उनीहरुले संक्रमण ल्याएर आउने सम्भावना अझ बढी छ । उनीहरुलाई तुरुन्त परीक्षण गरी व्यवस्थित आइसोलेसन सेन्टरमा राख्न जरुरी भइसकेको छ । अन्यथा अवस्था नियन्त्रण बाहिर जानसक्छ।

अहिलेकै गतिमा परीक्षण गरेर कहिलेसम्म सकिएला त ?

अहिलेकै गतिमा परीक्षण गर्ने हो भने सुदूरपश्चिमका क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्न नै १ वर्ष लाग्न सक्छ । त्यसैले सरकारले अहिले नै स्पष्ट लक्षण नभएका र सिकिस्त नभएका व्यक्तिको परीक्षण गर्नुपर्दैन भनेर स्पष्ट रुपमा निर्देशिका जारी गर्न जरुरी छ । त्यसपछि हामी पनि उनीहरुलाई सम्झाउन सक्छौं । अर्को कुरा सबैको पीसीआर नसके आरडीटी सम्म परीक्षण गरेर घर पठाउन पाए उनीहरु ढुक्क हुने अवस्था हुन्थ्यो । परीक्षण नगरी पठाउँदा उनीहरु मानसिक रुपमा तनाव लिने पाइएको छ । त्यसैले परीक्षणको दायरा बढाउनका लागि सुदूरपश्चिममा अझ दुई स्थानमा पीसीआर मेशिन थप्नै पर्ने हुन्छ । यसले परीक्षणका दायरा बढाउँदै उनीहरुलाई छिटो रिपोर्ट पनि दिन सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बाँकेमा कोरोना जितेर २० जना घर फर्किदैं

बाँकेमा कोरोना जितेर २० जना घर फर्किदैं

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेमा थप २० जना कोरोना संक्रमित आज निको भएर घर जाने भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेकाहरु घर जान लागेका हुन्। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेन्द्र श्रेष्ठका अनुसार नरैनापुरका १९ जना र नेपालगञ्जका १ जना गरी २० जना संक्रमित उपचारपछि कोरोना जितेर डिस्चार्ज हुन लागेका हुन्।

नरैनापुरका १९ जना कोहलपुरको आइसोलेसनमा र नेपालगञ्जका १ जना खजुरास्थित आइसोलेसन सेन्टरमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिन आइसोलेसन बसाइपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जानकारी दिए । यसभन्दा अघि दुईपटकसम्म परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउने गरिएको थियो ।

तर नयाँ निर्देशिका आएपछि सबै संक्रमितलाई परीक्षण नै नगरी १४ दिनपछि पठाउन मन्त्रालयले सबै आइसोलेसन सेन्टरलाई परिपत्र गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण कम देखिएका स्थानमा लकडाउन खुकुलो बनाउँदै सरकार

कोरोना संक्रमण कम देखिएका स्थानमा लकडाउन खुकुलो बनाउँदै सरकार

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले झण्डै साढे दुई महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जारी रहेको लकडाउनको मोडालिटी परिवर्तन गरेर खुकुलो पार्ने निर्णय गरेको हो ।

बैठकले कोरोना संक्रमण कम देखिएका स्थानहरुमा पसलहरु सञ्चालन गर्न दिने, निजी सवारी साधन पनि जोर बिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । तर कुन स्थान र कसरी सञ्चालन गर्ने भन्नेमा बिहिबार  सरकारका प्रवक्ताले जानकारी दिने जनाइएको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ देखि देशभर लकडाउन जारी गरेको थियो । समय थप्दै लकडाउन पछिल्लो थप समय अनुसार जेठ ३२ सम्म जारी छ । तर लामो समयदेखिको लकडाउनले व्यापार व्यवसाय चल्न नपाउँदा परिवार पाल्नै मुश्किल भएको भन्दै काठमाडौंको न्यूरोड, असन लगायतका केही स्थानमा पसलहरु आफूखुशी खुल्न थालेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित प्रयोगशालामा  गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ६७४ पुग्यो

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ६७४ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका २७९ सँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको बताएका हुन्।

मन्त्रालयका अनुसार कोरोना निको भएर घर फर्किनेको संख्या ६ सय ७४ पुगेको छ । जसमध्ये ५९५ पुरुष र ८९ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै निको हुनेको संख्या ९० रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउनको ७९ औँ दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)

लकडाउनको ७९ औँ दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)

भाष्कर कलौनी\ काठमाडौं:  सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेको आज बुधबार ७९ औँ दिन पुगेको छ ।

सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । लकडाउनमा प्रशासनले अत्यावश्यकीय सेवा बाहेक अन्य सेवा र सवारी साधनलाई रोक लगाएको छ।

यद्यपी सर्वसाधारणले धेरै दिनसम्मको लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै लकडाउनको अवज्ञा गर्दै बाहिर आउन थालेका छन्। जसका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप र चहलपहल बढेको छ । हेरौं केही तस्वीरहरु:

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

यात्रुलाई क्वारेन्टाइन लैजाँदै गर्दा टिपर कर्णालीमा खस्यो

यात्रुलाई क्वारेन्टाइन लैजाँदै गर्दा टिपर कर्णालीमा खस्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कालिकोटमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइन तर्फ लैजाँदै गर्दा  टिपर कर्णाली नदीमा खसेको छ ।

झण्डै ५० जना यात्रु बोकेको टिपर बुधवार बिहान कर्णालीमा खसेको हो । घटनाको पूर्ण विवरण आउन बाँकी भए पनि दुर्घटनामा करिब ३० जना भन्दा बढी यात्रु वेपत्ता भएको प्रहरीले जनाएको छ ।

कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको हो । जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो ।

दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना कहर: एकैदिन थपिए झण्डै १० हजार संक्रमित

भारतमा कोरोना कहर: एकैदिन थपिए झण्डै १० हजार संक्रमित

हेल्थ टिभी अनलाइन: भारतमा कोरोनाको कहर बढ्दै गएको छ । गत २४ घण्टामा मात्रै भारतमा झण्डै १० हजार नयाँ संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन ९ हजार ९ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी २७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। अहिलेसम्म भारतमा २ लाख ७६ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ७ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ लाख ३५ हजार भन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

भारतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर साढे दुई महिनादेखि लकडाउन जारी राखेको छ तर पनि संक्रमितको संख्या भने बढिरहेको छ । भारतमा एक साता यता दैनिक रुपमा लगातार ९ हजार भन्दा बढी नयाँ संक्रमित थपिंदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चितवनमा थप ४ जनामा कोरोना संक्रमण

चितवनमा थप ४ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : चितवनमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुुसार यसरी संक्रमण हुनेहरुमा गैंडाकोट नगरपालिका १३ र १४ का २३ र २६ वर्षका पुरुष, कालिका वडा नं ६ जुटपानीका २० वर्षका पुरुष एवं भरतपुर ५ का २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालामा जेठ २५ र २६ गते संकलन भएका मध्ये १३७ वटा नमुना परीक्षण गरिएकोमा १३३ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर गत २४ घण्टामा थपिए १ लाख २१ हजार नयाँ संक्रमित

विश्वभर गत २४ घण्टामा थपिए १ लाख २१ हजार नयाँ संक्रमित

हेल्थ टिभी अनलाइन: विश्वमा गत २४ घण्टामा १ लाख २१ हजार कोरोना संक्रमित थपिएका छन्। यसैगरी ४ हजार ७५७ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमीटरका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख १६ हजार ९ सय ४४ पुगेको छ ।२१३ देशमा फैलिएको कोरोना संक्रमणका कारण ४ लाख १३ हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् । यसैगरी ३६ लाख २ हजार ५ सय २ जना कोरोना निको भएर घर फर्केका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा सबैभन्दा धेरै २० लाख ४५ हजार ५ सय ४९जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नै १ लाख १४ हजार १ सय ४८ पुगेको छ ।

उता पछिल्लो समय ब्राजिलमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । ब्रजिलमा गत २४ घण्टामा मात्रै ३१ हजार १ सय ९७ नयाँ संक्रमित फेला परेका छन्। यसैगरी एकै दिनमा ११ सय २४ जनाको ज्यान गएको छ । हालसम्म ब्राजिलमा ७ लाख ४२ हजार ८४ जना संक्रमित छन् त्यहाँ ३८ हजार ४ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलपछि रुसमा ४ लाख ८५ हजार २ सय ५३ जना संक्रमित पुग्दा ६ हजार १ सय ४२ जनाले ज्यान गुमाएका छन् । ब्राजिल र रुस पछि भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढेको पाइएको छ । भारतमा अहिलेसम्म २ लाख ७६ हजार १ सय ४६ जना संक्रमित छन् भने ७ हजार ७ सय ५० जनाले ज्यान गुमाएका छन् ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ताजा अपडेट