Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला प्रत्यारोपणमा क्रान्ति ल्याउने अर्थशास्त्री, एल्भिन रथ

मिर्गौला प्रत्यारोपणमा क्रान्ति ल्याउने अर्थशास्त्री, एल्भिन रथ

प्रत्यारोपणका लागि हालैका दिनमा मिर्गौला प्राप्त गर्ने सम्भावना नाटकीय रूपमा बढेको छ। यसको श्रेय भने एकजना अर्थशास्त्री एल्भिन रथलाई जान्छ।

रथले अर्थशास्त्रको सिद्धान्त प्रयोग गरेर संसारमा मिर्गौला सहज रूपमा प्राप्त हुन सक्नेगरी मिर्गौलादान प्रक्रियामा क्रान्ति ल्याइदिएका हुन्।

रथले यसो नगरेको भए नयाँ मिर्गौला प्रत्यारोपण गरेर बाँचिरहेका हजारौँ मानिसहरू कि अहिलेसम्म पनि रोगग्रस्त हुन्थे या मरिसक्थे।

अरू अङ्ग प्रत्यारोपणभन्दा मिर्गौला प्रत्यारोपण फरक छ किनभने दुईमध्ये एउटा मात्र मिर्गौलाले पनि काम गर्ने भएकाले मानिसले जीवित हुँदा नै एउटा मिर्गौला दान गर्न सम्भव छ।

तपाईँ आफ्नो नजिकका नातेदारलाई एक मृगौला दान गर्न चाहनुहुन्छ भने पनि धेरैजसो रोगीको मिर्गौलासँग तपाईँको ‘म्याच’ नहुन अर्थात् नमिल्न सक्छ। त्यस्तो अवस्थामा तपाईँले मिल्ने किसिमको मिर्गौला भएको दाता कुर्नुपर्थ्यो।

रथले ‘मिर्गौला साटासाट’ सिद्धान्त ल्याए जसमा दाताहरूलाई एकठाउँमा ल्याएर मिर्गौला साटासाट गरिन्छ जसले गर्दा रोगीलाई म्याच हुने मिर्गौला छिटो प्राप्त होस्।

मिर्गौला साटासाट

यसरी साटासाट गरिएका थुप्रै उदाहरणहरू छन्। एकपटक त ७० मृगौलाहरू साटिएका थिए। इरानबाहेक अन्य देशमा मिर्गौला बेच्नु अवैधानिक छ। धेरैजसो सरकार अंगबेचबिखनको वस्तु नबनोस् भनेर त्यसलाई कानुनी बनाउन चाहँदैनन्।

प्राध्यापक रथ भन्छन्, ‘संसारभर रहेको मृगौलाको बजारमा हामी पैसालाई कुनै भूमिका खेल्न दिँदैनौँ।’ अमेरिकामा हरेक वर्ष उनको सिद्धान्त प्रयोग गरेर करिब १,००० मानिसले मिर्गौला पाउने गरेको बताइन्छ।

उनको विचारको प्रभावकै कारण रथले सन् २०१२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका थिए।

जर्मनी र परिवर्तन

नोबेल पुरस्कारप्राप्त व्यक्ति र अन्य प्रतिष्ठित व्यक्तिहरू जर्मनीको राजधानी बर्लिनमा स्वास्थ्य सेवाको भविष्यबारे छलफल गर्न भेला भएका थिए। रथ पनि त्यहाँ थिए किनभने जर्मनीमा मृगौला साटासाट वैधानिक छैन।

उनी भन्छन्, ‘नयाँ विकासक्रमसँग बजारका लागि नियम परिवर्तन गरे जस्तै मृगौलाका लागि प्रशासनिक कानुनहरू आधुनिक र नयाँ क्षमताका आधारमा अद्यावधिक गराइरहनुपर्ने हुन्छ।’

जर्मनीकाे स्वास्थ्य मन्त्रालयलये यो विषयमा सार्वजनिक बहस आयोजना गर्ने योजना बनाइरहेको बतायो तर त्यसको कार्यतालिका हालसम्म सार्वजनिक भएको छैन।

रथले जर्मन प्रतिबन्धपछाडिको चासो आफूले बुझेको बताए। उनी भन्छन्, ‘उनीहरू अंग बेचबिखनका लागि ओसारपसार होला भन्नेप्रति चिन्तित छन्।’ पैसाका लागि मृगौला बेच्नु संसारका सबैजसो मुलुकमा गैरकानुनी छ।

मिर्गौला बिक्री

प्राध्यापक रथले भविष्यमा मानिसहरूले आफ्ना लागि मिर्गौला किन्नसक्ने अवस्था पनि आउन सक्ने बताए।

उनले अमेरिकामा भियतनाम युद्धपछि चलेको बहससँग मिर्गौलादानबारे भइरहेको कुराकानीलाई तुलना गर्दै भने, ‘त्यसबेला पहिले अनिवार्य सैन्य सेवा भनेकोमा बहसपछि स्वयंसेवी किसिमको सैन्य सेवा बनाइयो।’

रथ भविष्यमा राज्यले पैसाका लागि मिर्गौला दान दिन चाहनेलाई ‘नायक’ मान्ने र अहिले अरू अंग संकलन गरेर बाँडेको जस्तै राज्यले बाँड्ने स्थिति आउन सक्ने मान्छन्।

अमेरिकामा डायालिसिस अति महंगो छ त्यसैले कम आय भएका मुलुकमा मृगौला प्रत्यारोपण सस्तो पर्न जान्छ।

उच्च आय भएका मुलुकका मृगौला प्राप्त गर्ने व्यक्तिहरू र न्यून तथा मध्यम आय भएका मुलुकका दाताहरूबीच मिर्गौलादान या साटासाट गर्ने एउटा नमूना योजनाले विश्वा स्वास्थ्य संगठनको समर्थन प्राप्त गर्न सकेन।

यस्तो योजनाको समर्थनमा द ल्यान्सेट भन्ने जर्नलमा लेख लेखेका पीटर सिङ्गरले भने, ‘त्यो योजना अनुसार एउटा साटासाट भने भएको छ।’

रथ त्यस्तो कार्यक्रमका समर्थक हुन्। उनले भने,‘प्रशासनका कारण मानिस मर्ने अवस्था आउनु लज्जास्पद छ।’

बीबीसी नेपाली

थप समाचार